परासी १ चैत ।पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका-२ मा माेटरसाइकिल दुर्घटना भएको छ ।UP 56 AB 2367 नं. को माेटरसाइरकिल परासीबाट महेशपुर तर्फ आउदै गरेको र UP 56 Q 9524 नं. मोटरसाइकिल उत्तर तर्फ जादै गरेकाे एक आपसमा ठक्कर खादा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका इन्सपेक्टर नरायन थापाका अनुसार दुर्घटनामा परेर चार जना घाइते भएका छन्। घाइतेहरूलाई रुपन्देहीको भैरहवा सिद्घार्थ सिटी अस्पतालमा उपचारकाे लागि पठाइएकाे थापाले बताए।
१) UP 56 AB 2367 नं. माेटरसाइकिलमा सवार पाल्हीनन्दन-२ अमानिगंज बस्ने बर्ष ३५ को जोखु केवटकाे टाउकाे र दाहिने हात खुट्टामा चोट लागेर अवस्था गम्भिर छ।
२) सो माेटरसाइकिलमा सवार ऐ.ऐ. बस्ने बर्ष ३० को नन्नु किशोर केवटको अनुहार र दाहिने हातमा चोट लागेर समान्य अवस्था छ ।
३) UP 56 Q 9524 नं. को मो.सा. चालक जिल्ला नवलपरासी पाल्हनन्दन गा.पा. ३ बस्ने बर्ष २२ को रमाकान्त बनियाको दुबै खुट्टा र कानमा चोट, अवस्था सामान्य, स.चा.अ.प. भएको, मा.प.से. नगरेको ।
४) सोही मो.सा. पछाडी सवार देश भारत ठुठिबारी बस्ने बर्ष ३० को अभिनास बनियाको दहिने हातमा चोट अवस्था सामान्य ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।