परासी १ बैशाख।पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई फाइदा भएको छ।।
शुक्रबार देखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको रु एक कराेड बढीको काँचो इँट्टा नष्ट भएकाे इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिए ।
क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए ।
श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । केही वर्षअघि सम्म १८ वटा सञ्चालन रहेकाेमा यस वर्ष छ वटा इँटा भठ्ठा बन्द भएका छन् ।