गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवलेआज नवनिर्मित भवनकाे रिबन काटेर उद्घाटन गरेका हुन्। सो अवसरमा वडा नम्बर ५ मा स्वास्थ्य चौकीको पनि आवश्यक रहेको भन्नु भयाे ।वडा कार्यालय कार्य क्षेत्र भित्र स्वास्थ चाैकी निर्माणकाे लागि आवश्यक बजेट बिनियोजन गरिने उनकाे भनाई छ ।
१२ करोड लागतमा निर्माण गर्न लागिएको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ । गाउँपालिकाकाे नवनिर्मित प्रशासनिक भवन उद्घाटन पश्चात संचालनमा ल्याईने छ ।
सुविधा समपन्न भवनबाट सेवा प्रवाह सहज हुनेमा गाउँपालिका अध्य्यक्ष यादवले विश्वास व्यक्त गरे । भौतिक पूर्वधार निर्माण निर्माण कार्य पछि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष यादवले बताए ।गाउँपालिका सम्मकाे रिङरोड पूर गरेर अगामी वर्षमा अझै बढाउँदै लैजाने बताएका छन ।
१ करोड ९४ लाख सात सय ५७ रुपैयाँको लागतमा बदौली वडा कार्यालय दुई तल्ले भवन निर्माण गरिएको प्रतापपुर गाउँपालिका-५ का वडाध्यक्ष रमेश कानु बानिया बताए ।नयाँ वडा कार्यालय निर्माणसँगै अब वडा तहको कार्यसम्पादन अझ व्यवस्थित हुँदै जाने उनले बताए ।
वडाध्यक्ष रमेश कानु बानिया अध्यक्षतामा गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव प्रमुख आतिथि थिए। गाउँ कार्यपालिका सदस्य शुभवती पासीको स्वागत तथा वडा सचिव राहुल यादवको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरी।, स्वास्थ्यका प्रमुख ,सन्तोष , कुशवाहा , प्रविधिक शाखा प्रमुख आनन्द यादव , सुचना शाखा अधिकृत, विजय पान्डे, समाजसेवी अनुज यादव इन्द्रजित यादव रिजाउदिन मिया लगायत उपस्थित थिए।