परासी) २२ बैशाख : ‘द लेप्रोसी मिसन नेपाल’ ले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य स्वयं सेवीकाहरुलाई २ दिने अधारभुत कुष्ट रोग पहिचान सम्बन्धि तालिम समपन्न भएको छ ।
स्वास्थ्य संघ संस्था संग जाेडिएर समाजमा सेवा दिईरहने २२ जना स्वास्थ्य स्वयं सेवीकाहरुलाई द लेप्रोसीले कुष्ट रोग सम्बन्धि तालिम दिइएको हो ।
समाजमा कुष्ट रोग बढन नदिने तथा रोकथाम गर्ने उद्देश्य साथ पाल्हीनन्दन गाउँपालिका,प्रतापपुर गाउँपालिका,बर्दघाट नगरपालिका र रामग्राम नगरपालिकाका वास्थ्य स्वयं सेवीकाहरुलाइ अधारभुत कुष्ट रोग पहिचान सम्बन्धि तालिम दिईरहेको द लेप्रोसी मिसन नेपाल’ का प्रशिक्षक जनक काफलले बताउनु भयो ।
उहाँका अनुसार जिल्लाका सात वटा स्थानीयतहमा अहिले सम्म ६८ जना व्यक्तिहरुमा कुष्ट रोग लागेको पाईएको छ । शारिरीक अवस्था कमजोर वा माईक्रो ब्याकटेरिया लागेको व्यक्तिलाई कुष्ट रोग लाग्ने बढी सम्भावना देखिन्छ ।कुष्ट रोग लागेको व्यक्तिले छिटो पहिचान उपचार गराउनु पर्छ ।
कुष्ठरोग: परिचय कुष्ठरोग (Leprosy) आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे (Mycobaterium Leprae) नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने, दिर्घकालीन सरुवा रोग हो ।
रोग उपचार सुरु नगरेका कुष्ठरोगका बिरामीबाट मुख्यतयाः स्वासप्रस्वासको माध्यमबाट नाक र मुखबाट निस्कने र्यालका थोपा/ छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
यस रोगले बिशेष गरेर छाला र स्नायु साथै स्वासप्रस्वास र आँखामा असर गर्दछ । याे रोग छालामा असर गर्दा छाला बाक्लो हुने, गिर्खाहरु देखा पर्नुका साथै स्नायुहरुमा असर गर्दा दाग तथा हात गोडामा छुंदा थाहा नपाउने हुन्छ ।
परियोजना मार्फत स्थानीय तह संगै विद्यालयमा पनि कुष्ट रोग पहिचान सम्बन्धि जनचेतना फैलाउने र शिक्षकहरुलाई पनि कुष्ट रोग अधारभुत तालिम दिने योजना बनाएका छौं यस तालिमका प्रशिक्षक सुमन पराजुलीले बताउनु भयो ।
आयोजित अधारभुत तालिममा कुष्ट रोग लागेका व्यक्तिहरुलाई औषधी कसरी र कति दिन सम्म औषधी खुवाईन्छ सिकाईएको थियो ।
तालिममा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ता,गेरमी स्वास्थ्य चौकी प्रमुख राजेश गुप्ता सहभागि हुनु हुन्थ्यो ।