परासी) २४ बैशाख : पश्चिम नवलपरासी जिल्ला अदालत दायरी फाँटमा कम्पियुटर अपरेटर पदमा कार्यरत रामलखन बनिया घुस सहित पक्राउ परेका छन ।
लागुुऔषध मुद्यामा पुर्पपक्षमा रहेका व्यक्तिलाई छुटाई दिनका लागि सहजीकरण गर्दिन्छु भन्दै सेवा गा्रही संग दुई लाख रुपैया मागिरहेको पिडित परिवारले दिएको सुचना वा उजुरीका अधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले घुस लिएको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुर चोकबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनु भयो ।
उनका अनुसार कर्मचारी बनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।