गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका एतिहाकिस, धार्मिक र पुरातात्वीक क्षेत्रले भरिएको पालिका हाे । पर्यटन भित्र्याउनकाे लागि पालिकाले पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न थालिएको छ ।
गुल्मी जिल्ला आफैमा सुन्दर,शान्त मनमोहक र पर्यटकिय क्षेत्रले भरिएको जिल्ला रहेपनि सोही जिल्लाको चन्द्रकोट पर्यटनमा एक छुट्टै पहिचान कायम गर्ने गरि चन्द्रकोट गाउँपालिका रहेको पालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिए।आन्तरिक तथा बाह्य पर्यटक उतार्न पर्यटन पुर्वाधारको विकास तिब्र गतिमा भईरहेको अध्यक्ष खत्रीले जानकारी दिदै यहाँको धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा पनि जुटेको जिकिर गर्नु भयो ।
एतिहासिक चन्द्रकोट दरबार मन्दिरको नामले नामाकरण भएको यो पालिका चारै तिरबाट ठुला–ठुला पहाडले घेरिएको चिसो, शान्त,स्वच्छ मनमोहक वातावरण, मनोरम दृश्य प्राकृतिक सौन्दर्यले भरिएको रहेको छ । पालिकामा प्रशिद्ध चन्द्रकोट दरबार मन्दिर ,दिबु्रङ्ग मन्दिर, चक्रेश्वर मन्दिर, सिद्दबाबा मन्दिर लगायत ऐतिहासिक एवम धार्मिक स्थल छन् । करिब २ हजार हाईटीमा टिमुरे ताल, दह ताल, अर्जेवाको प्राकृतिक झरना, पाटेचौर बनभोज स्थल, रुमाले डाँडा बनभोज स्थल, हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय स्थलहरु छन् ।
भारतको काश्मिर जस्तै मनोरम दृश्य पर्यटन क्षेत्रहरु रहेको पर्यटकहरुले अनुभुत गर्ने गर्दछन् । हिमपात बाहेक चिसो पहाडी क्षेत्र, आकर्षक एवं मनमोहक पर्यटकिय क्षेत्रहरु,नदीनाला बनजंगल, झरना पहाडको कोखमा बसेका सुन्दर बस्तीहरु अनुभुत गराउने गर्दछ ।
यस क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको ओईरो लागे पनि बाह्य पर्यटकहरु उत्तिकै मात्रामा आकर्षित गर्न पर्यटन पुर्वाधार विकासका कार्य संगै धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारमा स्थानीय तहहरू जुटीरहेको पालिका अध्यक्ष खत्रीले भने । चन्द्रकोट गाउपालिकाको मुख्यालय रहेको शान्तिपुर बजार अति नै मनमोहक,सुन्दर र ब्यवस्थित बजार छ ।चन्द्रकोट गाउपालिकाका मात्र नभई बागलुङ्ग जिल्लाको बरेङ्ग गाउँपालिकाका केही वडा समेतका लागि किनमेल गर्ने बजार थलो रहेको छ ।
शान्तीपुर प्रवेश गर्नु एउटा आकर्षक झरना छ पर्यटककाे मन र मस्तिष्कलाई तान्ने गर्दछ । झरना क्षेत्रलाई झरना पार्क पनि बनाइएको छ जहाँ खेलमैदान, खाजा खाने रिर्सोर्ट ब्यवस्थापन सँगै स–साना बैठक गर्न मिल्ने पुर्वाधार पनि निर्माण गरिएको छ । पर्यटनको एक मुख्य गन्तब्य रहेको गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले जिकिर गर्नु भयो । होमस्टेः– बजारी क्षेत्र भन्दा फरक पहाडी डाडामा बसाई गर्न चाहने पर्यटकका लागि चन्द्रकोट ४ रेमी गाउँमा होमस्टे पनि सञ्चालनमा ल्याइएको छ ।
होमस्टेका सञ्चालक सन्तोष पुनले, पर्यटकहरुकै आग्रहमा बजार भन्दा फरक अनुभुति गराउने गरि १९ सय मिटरको उचाईमा मगरको बाक्लो बस्तिमा यो होम स्टे सञ्चालनमा ल्याएको बताउनु भयो ।अहिले ५० जनालाई बास गराउने गरि यसलाई ब्यवस्थित गरेका छौ उनले भने । यहाँ आउने पाहुनाहरुलाई आफनो कल्चर अनुसार स्वागत गरिने, खानाका परिकार खुवाउने, पर्यटकिय क्षेत्र घुमाउने र साँझ कल्चरक कार्यक्रमहरु मार्फत मनोरन्जन गराउने व्यवस्था मिलाइएको पुनले जानकारी दिनु भयो ।
ग्रामिण पर्यटन मञ्चमा आवद्ध रहेको उक्त होम स्टे ले पनि चन्द्रकोट पर्यटनलाई प्रोत्साहित गर्दै आएको छ। सो होम स्टेमा बास बस्नेलाई अन्य मनोरम दृष्यावलोकनका लागि गाँउ भन्दा माथि रहेको टिमुरे ताल क्षेत्र रहेको छ । तालमा बोटिगँ गर्ने,वरिपरी रमाइलो सुन्दर पहाडी दृष्यको दृष्यावलोकन गराउने गरिएको छ । यस होम स्टेलाई पालिकाको सहयोगमा थप व्यस्थित गर्न लागिएको छ । टिमुरे तालः– करिब २ हजार मिटर उचाईमा रहेको टिमुरे ताल त्यहाँको एक प्रमुख पर्यटकिय गन्तब्य हो । पहाडको चुच्चेमा रहेको यो प्राकृति तालमा कुनै बेला डुङ्गा सफारी पनि हुने गर्दथ्यो तर अहिले पानीको कमीले डुङ्गा चल्न मुस्किल भएको छ ।
करिब एक विघा क्षेत्रफलमा फैलिएको उक्त तालमा पालिका तथा प्रादेशिक स्तरबाट विभिन्न पर्यटन पुर्वाधारको संरचनाहरु तयार भैरहेका छन् । चन्द्रकोट पुग्ने व्यक्तिले एक पटक टिमुरे तालको अवलोकन भ्रमण गरि एडभान्चरको आनन्द लिनु पर्ने पालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले आग्रह गर्नु भयो । धार्मिक तथा अध्यात्मिक क्षेत्रः– मनोरन्जनात्मक पुर्वाधारसँगै अध्यात्मिक अभ्यास गर्न सक्ने खालका ऋषिहरुको तपस्थली पनि यसै पालिकामा छ । नेपालमै धनधान्याञ्चल महायज्ञ गरि समाजिक कार्यमा गरिनु पर्ने अवधारणाको विकास गर्ने ऋषिको तपस्थलि यहिँ चन्द्रकोटमै रहेको छ । यसले गर्दा पनि अध्यात्मिक अभ्यासका लागि पनि यो गाउपालिकाको पुरै भारतबर्षमा पहिचान गराउन सक्ने एक ठुलो आधार रहेको मानिन्छ ।
सो स्थानको संरक्षण र विकासमा गाउपालिका लागेको र विभिन्न भौतिक पुर्वाधारका संरचना संगै आवश्यक सहयोगहरु पालिकाले गर्दै आएको पालिकाका लेखा अधिकृत बसन्त रिजालले बताउनु भयो । धाममा भक्तजनहरुको आगमन हुने र मन्दिरमा धेरै जातजातीको कुल पुजा गर्दै आउने तथा गोर्खा आर्मिमा जाने वा फर्कनेले पुजापाठ गर्ने देवराली भगवतीको मन्दिर प्रसिद्ध छ । दिबु्रङ्ग दहः– चन्द्रकोटको आर्को महत्वपुर्ण स्थान हो, दिब्रुगँ दह जुन अहिले एक पार्कको स्वरुपमा विकास गरिएको छ ।
प्राचीन कालमा दह भए पनि अहिले सो दहको पानी सुकेर चौरको स्वरुप लिइएको छ । यस क्षेत्रका स्थानियसँग परामर्श गरि यो क्षेत्रमा बुद्धको अध्यात्मिक शिक्षा विपश्यना ध्यान केन्द्र बनाउन सक्ने पनि सोच रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनु भयो । बुद्धको ध्यान विधि विपश्यना केन्द्र बनाउन सके बौद्ध धार्मिक पर्यटनलाई पनि जोड्न सक्ने आधार बन्न सक्छ, यसका लागि हामी स्थानियसँग परामर्श गर्दछांै पौडेलले भन्नु भयो । चन्द्रकोट पर्यापर्यटन, धार्मिक, साँस्कृतिक पर्यटनसँगै इतिहास र प्राचीनताको पहिचान गरि नयाँ पुराना पहिचानलाई पनि पर्यटन पुर्वाधारसँग जोड्ने पालिकाको योजना रहेको सुनाउनु भयो ।
चन्द्रकोट दरबारः– नेपाल एकिकरण पहिला बाईसे चौविसे राज्य मध्येको १७ औ राज्यको रुपमा रहेको चन्द्रकोट दरबार अवशेष अहिले पनि कायम रहेको छ । थापाहरुको राज्य रहेको चन्द्रकोट दरबार चन्द्राकार अवस्थामा रहेको हुदा पनि यो राज्यको नाम चन्द्रकोट भएको हुनु पर्ने स्थानियले बताएका छन् । नगरराज्य र गणराज्यको रुपमा रहेका विगतका राज्य एकिकरण गर्दै राष्ट्रिय राज्यको स्वरुप दिन थालिए पछि चन्द्रकोट राज्य सेन सामराज्य भित्र आएको थियो । पछि सेन सामराज्य गोर्खा सामराज्यको अधिनमा पुगे पछि गोर्खा समाराज्यमा समाहित भयो । गोर्खा विस्तार हुदै पछि नेपाल राज्यको रुपमा स्थापित छ ।
केन्द्रिकृत शासन प्रणालीको अन्त हुदै नेपाल अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमा परिणत भए पश्चात चन्द्रकोट गाउपालिकाकाको रुपमा पुनःपहिचानमा आएको छ । अहिलेका गाउपालिका र नगरपालिका पनि एक नगरराज्यकै स्वरुपमा हुदा स्थानिय सरकारहरुले विगतमा गुमाएका पहिचानहरु अहिले पुर्नस्थापित गर्नमा लागेका छन् । प्राचीन इतिहास र संस्कृति फर्काउदै एक राज्यबाट आर्को राज्यसँग पहिचान गराउदै पयृटकिय गन्तब्य बनाउने सम्भावना विकसित भए पछि अहिले चन्द्रकोट गाउपालिकाले पनि आफ्नो प्राचीन पहिचान सहित अन्य पर्यटकिय पुर्वाधार बनाउने र पर्यटकलाई आकर्षित गरिने योजनामा रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भयो । यि क्षेत्रहरु संगै यहाँ धेरै पर्यटकिय एवं धार्मिक तथा एतिहासिक क्षेत्रहरु छन् । जुन पर्यटनको रोजाईमा पर्दछन् ।चन्द्रकाेटा गाउँपालिका भित्र सात वटा छन।