परासी १३ जेठ।कृष्ण सेन ईच्छुकको २३ औं स्मृति दिवस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित सहिद पार्कमा ईच्छुक र जनपक्षीय पत्रकारीता विषयक अन्तरक्रिया गरिएको छ ।
प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासीकी अध्यक्ष विष्णु खनालको अध्यक्ष्तामा प्रमुख अतिथि नेकपा माओबादी केन्द्र लम्विनी प्रदेश सदस्य एवम् जिल्ला संयोजक रामानन्द यादवकोले हामी राजनितिक दलका कार्यकरता तथा आम नागरिक बोल्दा कसैले सुन्दैन तर पत्रकार साथीहरुले कलम चलाएपछिेश भरी चर्चा हुन्छ नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेश सदस्य रामानन्द यादवकोले बताउनु भयो ।
उनका अनुसार पत्रकारले जहिले पनि जनपक्षीय कलम चलाउदा गरीब,दलित,उत्पिडित समुदायलाई न्याय दिलाउनमा पत्रकारहरुको ठुलो भुमिका हुन्छ ।कृष्ण सेन नेपालका युवा पत्रकार थिए । सेनको जन्म वि.सं. २०१३ साल कार्तिक ३ गतेका दिन भारतको देहरादुनमा भएको थियो ।उनी द्न्द्वकालमा राज्य पक्षबाट मारिएका थिए।जनताका पक्षमा लाग्ने कृष्ण सेन लेखक,पत्रकार, मानवअधिकारवादी र मुक्तियोद्धाको भूमिकालाई निङकुंश शासनतन्त्रले देख्न सकेन ।
परिणाम स्वरुप पटक पटक गरी दश वर्ष सम्म उनलाई जेलमा यातना पूर्वक राज्यले थुन्यो र अन्त्यमा महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर हत्या गरेर आर्य घाटमा जलायो प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय सदस्य नारायण भण्डारी बताउनु भयो ।
पश्चिम नवलपरासी वाईसिएलका जिल्ला अध्यक्ष मोहन सापकोटाले कृष्ण सेन ईच्छुक जस्तै जनताको पक्षमा पत्रकारहरूलाइ कलम चलाउन जोड दिनु भयो ।
नारिकहरुको हक अधिकार स्थापित गर्नका लागि लडिरहने पत्रकार कृष्ण सेन ईच्छुकलाई गिफतार गरी थुनुवा कक्षमा राखी निर्मत्ता पुर्वक हत्या गरी बेपत्ता बनाएपछि अहिले सम्म उनको शव फेला परेको छैन नेकपा माओबादी लुम्विी प्रदेश सदस्य एवम् बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्र प्रकाश उपाध्यायले बताउनु भयो ।
द्धन्दकालमा पनि स्रोत साधनको अभावमा पनि कृष्ण सेन ईच्छुकले गरीब,दलित पिडित,सोसित समुदायका आवाज बाहिर ल्याउनु भएकोमा कृष्ण सेन ईच्छुक अमर रहुन नारा लगाउँदै भनिन अहिलेको मिडिया पुजीबादीहरुको हाथमा रहेको भन्दै कार्यक्रमकी अध्यक्ष विष्णु खनालले कार्यक्रम समापन गर्नु भयो ।