यति बेला धान रोपाइ गर्नका लागि पानीको आवश्यकता रहेको मध्यनजर गर्दै आज गणतन्त्र दिवसको दिन विहान नहरमा पानी खोलेको नेपाल गण्डक पश्चिम नहर (सिचाई) जल उपभोक्ता समितीका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिनु भयो ।
नहरमा पानी नआउँदा तथा वर्षा नहुँदा यति बेला नहरको छेउछाउमा रहेका पोखरी कुल कुलेसो सुके संगै चपाकलमा पनि पानीको सतह घटेको छ ।
त्रिवेणी देखि पश्चिम पाल्हीनन्दन गाउँपालिका–६ पडरी सम्म ३२.२ किलोमिटर गण्डक नरह छ । तीन वटा शाखा,सात वटा माईनर, २६ वटा मुल कुलो र एक सय ६२ वटा सहायक कुलो छ ।
सुस्ता,प्रतापपुर,सरावल,पाल्हीनन्दन,बर्दघाट र रामग्राम नगरपालिकाका किसानहरुको खेत गण्डक नहरको पानीबाट सिचाई हुदै आएको छ । नहरको उत्तरतर्फको जमिन कम सिचाई हुन्छ दक्षिणतर्फका अधिकाँश खेत नहरकै पानीबाट सिचाइ हुने गर्दछ ।नरहको उत्तर र दक्षिण सात हजार आठ सय हेक्टर जमिन प्रत्येक वर्ष किसानहरु सिचाई गर्छन उनले भने ।
विहान साढे सात बजे नहरमा पानी खोलेको नेपाल गण्डक नहर सिचाई व्यवस्था कार्यालय सेमरीका ईन्जिनियर सुजित पाण्डे जानकारी दिनु भयो ।