नवलपरासी १५ असार । राष्टिय गँहुबाली अनुसन्धान कार्यक्रम द्रारा २२औ राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव-२०८२ कार्यक्रम समपन्न ।
धानबालीमा सघनता :खाद्य सुरक्षा र आत्मनिर्भता भन्ने मुल नाराका साथ २२ औ राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव २०८२ कार्यक्रम राष्ट्रिय गँहुबाली अनुसन्धान कार्यक्रम ओमसतिया-२ रुपन्देहीमा समपन्न गरिएकाे छ ।
उक्त कार्यक्रम्मा राष्ट्रिय गँहुबाली अनुसन्धान कार्यक्रममा बैज्ञानिक लक्षमण आर्याल,राजेन्द्र प्रसाद यादव,खेमराज पन्त,बिउ उत्पादन इकाइका गाबिन्द प्रसाद पौडेल,प्रशासकिय अधिकृत हरिश्चन्द्र विश्वकर्मा, लगायत कर्मचारी पत्रकार एवम् कृषि मजदुर विद्यार्थी (जेसिज) माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी सहभागी भएका थिए ।
रोपाइँ शुभारम्भ गर्दै बैज्ञानिक लक्षमण आर्यालले यस वर्षको मुल नारा धानबालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भताका साथ कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनु पर्ने बताए । कृषि लगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको जनाए ।
उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नु पर्ने बताए ।रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा वर्षे र चैते दुबै गरी कुल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती भई कुल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको र औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको राष्टिय गँहुबाली अनुसन्धान कार्यक्रम कार्यालय भैरहवाले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/ ८१ को तुलनामा १ं.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भएपनि उत्पादनमा ४.०४ प्रतिशत बढी उत्पादन भएको छ ।मुलुकको लागि आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन उपुग रहेको छ । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म करिब धानको बिउ,चामल र कनिकका गरी कुल ७ लाख ५३ हजार मेट्रिक टन धान जन्य वस्तु आयात भएको छ ।
करिब ३८ अर्ब ९४ करोड रुपैया विदेशिएको छ । नेपाल सरकारको अगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट वक्तब्यमा पनि मुलुकलाई अगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउने ।
अगामी वर्षहरुमा धानको उत्पादन रउत्पादकत्व वृद्धिको लागि मन्त्रालयले प्राथमिकताका साथ विशेषगरी चैते धानमा क्षेत्रफल विस्तार र वर्षे धानमा उत्पादकत्व बृद्धिका कार्यक्रमहरु तीनै तहका सरकार मार्पmत संचालन गरिनेछ । मलखाद गुणस्तरीय बीउ र अनुसन्धानबाट प्राप्त नविनतम प्रबिधिहरु किसान समक्ष पुर्याउन हाम्रा कार्यक्रमहरु केन्द्रित रहने छन ।