काठमाडौं । नेपाल शनिबार सिंगापुर सँग फाइनल खेल्ने भएको छ । मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप प्रतियाेगिता फाइनल खेल नेपाली समय अनुसार शनिबार बिहान ७ः४५ बजे नेपाल सुरु हुनेछ ।
नेपाल मलेसियालाई पराजित गर्दै फाइनलमा स्थानमा पुगेकाे छ भने सिंगापुरले हङकङलाई हराउँदै फाइनलमा पुगेकाे हो ।
नेपाल र सिंगापुर दुवै एउटै समूहमा रहेका थिए । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
अघिल्लो संस्करणमा नेपालले मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको थियो । यस पटक पनि नेपाल उपाधि जोगाउने लक्ष्य लिएको छ ।