परासी ।बर्दघाट सुस्ता पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-१ मा बसले मोटर साइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ।
पुर्वबाट पश्चिम आउँदै गरेकाे भुजहवा -महेशपुर भित्री सडकमा लु २ ख ६५४ नम्बरको बसले लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका वडा नम्बर १५ डिघवल बस्ने वर्ष १८ को राहुल राजभरको मृत्यु भएको हो ।
बस सहित बसका चालक रामग्राम इमिलिटोल बस्ने वर्ष ३१ का सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई उपचारका लागी पृथ्वीचन्द्र अस्पताल परासी ल्याईएको भएपनि चिकित्सकले मृत घोषण गरेका थिए । शव पोष्टमार्टमका लागी अहिले अस्पतालमा राखिएको छ ।