नवलपरासी । पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकाका इन्जिनियरले कमिसन नपाउँदा मुल्यांकन नगरेपछि भुक्तानी राेकिएकाे निर्माण व्यवसायीकाे आराेप।
पाल्हीनन्दन-३ स्थित कुश्मा मदरसामा माटाेकाे मुल्यांकन गर्नकाे लागि इन्जिनियरले दस प्रतिशत कमिसन मागे नदिएपछि कामकाे मुल्यांकन नगरेपछि गाउँपालिकाले भक्तानी नदिएकाे निर्माण व्यवसायी अनिल मिश्राले गुनासो गरे।
मिश्राले भने कर्मचारी राष्ट्र, समाज र जनताकाे सेवक हुन ।तर अहिले सरकारकाे निरंकुशताका कारण कर्मचारी साशक भएका छन।
इन्जिनियर सरकारी कर्मचारी हुँदा हुँदै ठेक्दार भएका छन निर्माण व्यवसायी मिश्राले आफनाे फेसबुक पेजमा स्टाटस लेखेका छन।
इन्जिनियरले ठेकेदार संग दस प्रतिशत कमिसन मागेकाे झुठा हाे प्राविधिक शाखा प्रमुख उमेश शर्माले भने ।