परासी ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका तराईको सुगम नगरपालिकाहरु मध्य एक हो । १३ वटा वडाहरु रहेको यस नगरपालिकामा नगरप्रमुख, उपप्रमुख सहित बहुमत संख्यामा नेकपा (एमाले)को नेतृत्व रहेको छ ।
नेपाली कांग्रेसले ५ वटा वडा र माओवादी केन्द्रले एक मात्र ७ नम्बर वडा जितेको छ । यस अवस्थामा वार्ड नम्बर ७ का अध्यक्ष नारायण आचार्य ज्यूसंग दाउन्ने साप्ताहिकका लागि पत्रकार रामकरण हरिजनले गर्नु भएको कुराकानीको संपादित अंश ।वडा अध्यक्षको जिम्मेवारीमा आएको करिब आधि भन्दा बडि समय सकिई सकेको छ । यो अवधिमा तपाईले वडामा गर्नु भएको कामको उल्लेखनीय विवरण सुनाइ दिनस न ।
वडा अध्यक्षको जिम्मेवारीमा धेरै ठुला काम गर्नु भन्दा पनि वडा अध्यक्ष स्थानिय जनताको दिनदिनै आईपर्ने विभिन्न प्रकारका कामहरुबाट सेवा पुर्याउने जिम्मेवारी पहिलो हो भन्ने मलाई लाग्छ । त्यो पहिलो र अनिवार्य जिम्मेवारी राम्रोसंग निर्वाह गरीएको छ । वडासंग ठुलो रकमको बजेट नभएका कारण वा नगरले व्यवस्थापन गरेको बाहेक ठुलो काम वडामा खासै पर्दैन । प्रदेश र संघबाट परेका केही योजनाहरु हुन ती सबै प्रक्रिया पुर्याएर अगाडी बढेका छन र सबै योजनाहरु समपन्न हुने क्रममा छन ।
वडामा काम गर्न अपठयारा विषयहरु के कस्ता छन ? पछिल्लो समय नगरपालिकासंग व्यवहार नमिलेका कुराहरु पनि आएका छन ती के हुन ?
हामी वडाध्यक्षहरु जनताबाट चुनिए जनताहरुको काम गर्नका लागि आएका जनताका प्रतिनिधि हौं । नगरपालिकामा आफनो प्रशासनिक हेर्ने गतिविधिका हिसाबले आफना कामका चाप होलान तर जनतालाई सेवा प्रवाह गर्ने हिसाबले वडा कार्यालय सबै भन्दा बडि जनताको काम गर्ने थलो हो । वडामा कामको सबै भन्दा बडि चाप हुन्छ । तर वडामा नै कर्मचारीहरुको उचित व्यवस्थापन हुन सकिरहेको छैन । कामको चाप छ प्रयाप्त कर्मचारीहरु छैनन । यहाँ हामीलाई नगरले दिएको निर्देशन अनुसार र विनियोजन गरीएको रकम तथा कामहरु अगाडी बढाएका छौं ।
हामी आफनो वडालाई राम्रो बनाउन कस्सिएर लागेकाछौ । वडाले गरेका सबै कामहरुको स्वामित्व नगरपालिका कार्यालले लिनु पर्ने हो तर त्यसो भएको देखीदैन । कतिपय कामहरु राजनैतिक पुर्वाग्रहरका कारणले हो वा अन्य कारणले हो नगर कार्यालयले हस्तक्षेप गर्दिन्छ । हस्तक्षेप गरेका कारण केही विषयमा उसको र हाम्रो बिच कुराकानी मिलिरहेको छैन ।
ऐतिहासिक देवदह ताल क्षेत्रबाट केही परिवारहरुलाई अन्यत्र सार्नु पर्दछ भनी पछिल्लो नगरप्रमुखको समयमा कार्यपालिकाले निर्णय गरेको थियो । त्यही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा स्थानीय समुदाय, ताल संरक्षण समिती र वडा कार्यालयको सहकार्यमा ती घरपरिवारहरुलाई व्यवस्थापन गरियो । राजनितीका पुर्वाग्राहका कारणले अन्य यहाँका कामलाई नगर कार्यालयले पचाउन सकेन र यसैलाई एउटा राष्टिय स्तरको मुद्धा बनाइयो ।
वडाका कामहरुलाई नगरले स्वामित्व लिन सकिरहेको छैन । यस्तै यस्तै विषयले गर्दा नगर कार्यलयसंगको सम्बन्ध सुमधुर हुन सकिरहेको छैन । यस्तै यस्तै विषयले गर्दा नगर कार्यालयले वडालाई असहयोग गरिरहेको महसुस भरिएको छ ।
तपाइको वडामा नगर स्तरिय १५ शैयाको अस्पताल बन्दै थियो त्यसको अवस्था के छ ?आठ नम्बर वडा भित्र निर्माणाधिन रहेको नगरपालिकाको १५ शैयाको अस्पतालको अवस्था अहिले वेवारीसे अवस्थामा पुगेको छ । १५ शैयाको अस्पताल प्रत्येक नगरपालिकामा बन्ने सरकारको केन्द्रीय निति अन्तर्गत बन्न लागेको नगर अस्पतालमा आ.व.२०७६/७७ सालमा केन्द्रबाट बजट विनियोजन भएको थियो ।
राजनितिक पार्टीका यहाँका नेताहरुको अकर्मन्यताका कारण अहिले सम्म निर्माण सम्पन्न हुनु पर्ने अस्पताल अलपत्र परेको छ । भौगोलिक दृष्टिकोणले सुनवल नगरपालिकाका ७ र ८ नम्बर वडा जंगल देखि पश्चिम तर्फ रहेको र सुनावलको अधिकांश जनसंख्या र राजनैतिक नेतृत्वहरु पुर्व तर्फको भागमा रहेको र अधिकांशको क्षेत्रवादी दृष्टिकोणका कारण शिलान्यारस भई सकेको अस्पताल ५ वर्ष देखी अलपत्र अवस्थामा रहेको छ ।
अस्पताल सुगम ठाउँमा हुनुपर्छ र राम्रो ठाउँमा हुनुपर्छ भन्ने पालिकाको अथवा सबैको पहुँच भएको ठाउँमा हुनुपर्छ त्यो दुर्गम ठाउँमा लगेर अस्पताल किन बनाउने ? को जान्छ त्यहाँ ? भन्ने तरिकाका हिजोको मान्छेहरुको चिन्तनका कारणले अस्पताल बन्न सकेको छैन ।
पालिकाका नेतृत्वहरुले भन्न त अस्पताल दुबै तिर बनाउनु पर्छ भन्नु हुन्छ तर व्यवहारमा अस्पताल कतै पनि नबनाउने जस्तो देखीएको छ । व्यावहारिक रुपमा अलमल गर्ने अस्पताल बन्न नदिने र फेरी २०८४ को चुनाव आए पछि अस्पताल बनाउने भन्ने नारामा फेरी जनतालाई भुलाउने काम गर्ने देखीन्छ यस प्रति जनता सजग हुन जरुरी छ ।
अस्पतालको बजट कति र कुन सरकारको थियो ?
संघिय सरकारले १७ करोडको बजटमा १५ शैयाको अस्पताल बन्नु पर्ने थियो तर अगिल्लो मेयरले जम्मा ८ करोडको टेन्डर खोल्नु भएको छ । लुकेर गरेको काम भएकाले सुनवललाइ ९ करोडको घाटा लागेको छ । करिब ९ करोड घाटा लाग्ने गरी टेन्डर खोलनु भएको छ यसको पनि जनतालाई उचित उत्तर दिनु पर्दछ ।
अस्पताल निर्माणको काम अघि नबडि रहेको अवस्थामा यहाँका स्थानीयहरु उपचारको लागि कहाँ जानु हुन्छ ।
यहाँ अस्पताल नहुँदा उपचारको लागि यहाँका जनता लुम्विनी प्रादेशिक अस्पताल बुटवल जाने गरेका छन । अहिले देवदह नगरपालिकाले देवदहको खैरहनीमा नगर अस्पताल खोलदै छ । यहाँबाट पनि सेवा लिन पाउने छन । अहिले ८ नम्बर वडामा अधारभुत स्वास्थ्य चौकी रहेको छ ।
त्यहाँबाट सामान्य प्रथमिक उपचार मात्र हुन सक्ने अवस्था छ । ठुलो समस्या वा आपातकालिन अवस्था आएमा यो क्षेत्रमा अस्पतालको समस्या छ ।तपाइको वडामा पर्यटकिय स्थलको अवस्था कस्तो छ ।हाम्रो वडामा पर्यटकिय स्थलको रुपमा ऐतिहासिक देवदह ताल छ जो बुद्ध कालिन समयसंग जोडिएको एतिहासिक ताल हो । प्रयाप्त बजटको अभावमा उचित प्रचार प्रसार, आवश्यक उत्खनन, अध्ययन अनुसन्धानको समेत अभावका कारण यो ऐतिहासिक ताल आझेलमा परेको छ ।
बुद्धकालिन ऐतिहासिक देवदह ताल यही नै रहेको पुरानापाका मानिसहरुको भनाई रहेको छ भने पुरातत्व विभागले पनि ऐतिहासिकता भएको तालको रुपमा सूचिकृत गरेका छ । आवश्यक अध्ययन अनुसन्धानको अभावमा यो तालले प्रयाप्त प्रचारप्रसार समेत हुन सकेको छैन । देवदह नगरपालिकाले किर्तिम ताल खडा गरेर देवदह ताल भने पनि ऐतिहासिकताको हिसाबले यही नै ऐतिहासिक ताल(बुद्ध कालिन ताल) रहेको पुरानापाका स्थानियवासीहरुको भनाई रहेको छ । पुरातत्व विभाग द्धारा आवश्यक उत्खनन हुन सकेको खण्डमा ऐतिहासिकताको विवाद पनि स्पष्ट हुने थियो तर यसो हुन सकेको छैन ।
ऐतिहासिक देवदह तालको उत्खनन, अध्ययनमा वडाबाट केही प्रकृया अगाडी बढाउनु भएको छ कि ?चालिस पचास लाख रुपियाँ मात्र वडाको बजट रहेको हुन्छ । वडाको बजटबाट पुरातात्वीक उत्खनन अध्ययन सम्भव हुदैन । जब सम्म केन्द्रको बजेट पर्दैन तब सम्म वडाबाट अध्ययन अनुसन्धान सम्भव छैन । बरु नगरपालिकाको सकरातमक सोच भए उत्खनन वा अध्ययनका लागि धेरैथोरै बजेट विनियोजन गर्न सक्छ तर पालिका कार्यालय अहिले सकरात्मक सोच बनेको देखीदैन । नगर कार्यालयले नै स्वामित्व लिदै काम गर्न सके यसको प्रवर्धन सम्भव हुन्छ ।