परासी ।बर्दघाट सुस्ता पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालय आफ्नै नवनिर्मित भवनमा सरेको छ ।
लामो समय देखि भाडाको घरबाट कार्यालयको सञ्चालन हुँदै आएको अहिले आफ्नै नवनिर्मित भवन निर्माण गरेर सेवा दिइरहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भयो ।
उनका अनुसार ७४ साल देखि दुई वटा भवनको डेढ लाख रुपैया मासिक घर भाडामा बसेर सेवा ग्राहीहरुलाई सेवा दिदै आएका थिए । प्रतापपुर गाउँपालिका–९ मा नवनिर्मित कार्यालय भवनकाे पुजा पाठ गरी कार्यालय सञ्चालनमा ल्याएको हो ।
यस अघि गाउँपालिकाको आफनो भवन नहुँदा भाडाको घरमा बसेर कार्यालय संञ्चालन गर्नु पर्ने बाध्यता थियो ।
आफ्नै भवन भएपछि भाडामा बसने तथा भाडा तिर्नु पर्ने बाध्यता अन्त्य भएको गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले बताउनु भयो ।
संघिय स्थानीय पुर्वाधार विकास विकास मन्त्रालय र प्रतापपुर गाउँपालिकाले गाउँपालिकाको भवन निर्माणको लागि १४ करोड ६८ लाख ४९ हजार रुपैया बजेट विनियोजन गरेकोमा एघार करोड ४९ लाख रुपैयामा चार तल्ले कार्यालयको भवन श्री लोटस ∕ देउती बज्यै डि.सि.बिल्डर्स जे.भी. धुलिखेल ∕ काभ्रेपलान्चोकले निर्माण गरेको प्रतापपुर गाउँपालिकाका ईन्जिनियर आनन्द यादवले बताउनु भयो ।