नवलपरासी ५ भदौ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५स्थित राजनारायण नमुना माध्यमिक विद्यालयमा एक महिना देखि प्रधानध्यापक नहुँदा पठन पाठन लगायत प्रशासनिक खर्च व्यवस्थापनमा समस्या भएको छ।
नमुना विद्यालयका प्रधानध्यापक जय प्रकाश सिँह,सहायक प्रधानध्यापक सहाबुद्धिन अंसारी र विद्यालय व्यवस्थापक समिती अध्यक्ष शम्भु गुप्ताले राजनामा दिएका छन।
प्रधानध्यापक पदबाट साउन ४ गते राजनामा दिएको जय प्रकाश सिँह बताए।यस्तै विद्यालय व्यवस्थापक समिती संग आन्तरिक व्यवहार नमिलेपछि साउन १६ गते सहाबुद्धिन अंसारीले सहायक प्रधानध्यापक पदबाट राजनामा दिएको उनले भने।
नमुना विद्यालयमा प्रधानध्यापक नहुँदा शिक्षा गुणस्तरको विषयलाई लिएर प्रश्न उठेपछि शम्भु गुप्ताले विद्यालय व्यवस्थापक समितीको अध्यक्ष पदबाट राजनामा दिएकोे बताए।
विद्यालय व्यवस्थापक समितीका अध्यक्ष लगायत तीन जनाले जिमेवारी पदबाट राजनामा दिनएपछि नमुना विद्यालयको शैक्षिक गुणस्तर बिग्रिदै गएकाे छ।कक्षा १२ मा १८ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ६ जना मात्र पास भएका छन।पाल्हीनन्दन गाउँपालिकाका शिक्षा शाखा अधिकृत सरुवा भएर गएका छन।
प्रधानध्यापक पठाउने विषयमा छलफल भइरहेको पाल्हीननदन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गौड (कहाँर)ले बताउनु भयो।राजनितिक दलका नेताहरूकाे शिक्षा त्यति ज्ञान नभएपनि शिक्षा क्षेत्रबाट आएका गाउँपालिका प्रशासकिय अधिकृत गौडको पनि शिक्षा क्षेत्रमा चासो नरहेको देखिएको छ ।