परासी ५ भदाैं।पश्चिम नवलपरासीमा चोरी-तस्करी मौलाएको छ।स्थानीय तस्करहरुले भारतबाट नेपाल र नेपालबाट भारत विभिन्न सर-सामानको चोरी तस्करी गर्दै आएका छन्।
नेपाल र शसस्त्र प्रहरीले २४ घण्टा निगरानी गरेपनि तस्करहरु साइकल र मेटरसाइकलमा लत्ता कपडा,चिनी,काजु,किसमिस,लागूऔषध,खसी बोका,खाद्यान्न,हार्डवेयर,ईलेक्ट्रीक लगायतका सामाग्रीहरु चोरी तस्करी गर्दै आएका छन्।
सिन्धुलीमा २०अर्ब रूपैयाकाे भैंसीकाे मासु प्रसाेधन उधाेग स्वीकृत भएपछि भारतबाट भैंसी र राँगाकाे तस्करी बढेकाे स्राेतले जनाएकाे हाे।
जिल्लाको विभिन्न स-साना नाकाहरु प्रयोग गरि तस्करी हुँदै आएको छ।वर्षाकाे समयमा दश गजामा सुरक्षाकर्मीलाई गस्ती गर्न कठिनाई भएकाेले सोही मोका छोपी घुमुवाहरूकाे मिलेमताेमा व्यपारीहरूले भारतबाट तस्करी गर्ने गरेकाे स्राेतले जनाएकाे छ।
जिल्लाका घुमुवाले प्रहरी र पत्रकारलाइ पनि मिलाउनु पर्छ भनी रकम उठाई दिइने गरेका छन्।माेटरसाइकलमा तस्करी गर्ने अधिकांश व्यपारीहरू राजनीतिक दल संग जाेडिएकाेले उनीहरूले जिल्ला स्तरका नेता संग सिपारीस गराएर आफुलाइ सहयाेग गर्ने प्रहरीलाइ घुमुवा नियुक्त गराउने रआफ्ना तस्करी कार्यलाई निरन्तरता दिँदै आएका छन् ।जिल्लामा यादव जनप्रतिनिधि बढी भएकाेले घुमुवामा पनि प्रायः यादव समुदाय नै बढी छन।स्राेतका अनुसार घुमुवामा जनार्दन यादव,सावर यादव, ओमप्रकाश यादव,रामप्रसाद यादव,रमेश यादव,राजाराम यादव,वीरेन्द्र यादव रहेका छन् ।भने तस्करीमा सक्रिय रहेको स्रेतले जनाएकाे छ।
सुरक्षा विभागमा जातपातकाे अधारमा काम दिदैनाै व्यक्तिकाे दक्षताकाे अधारमा काम दिइन्छ घुमुवा भन्ने हाम्राे विभागमा हुँदैन विभिन्न मुद्दामा सजाय पाएका फरार प्रतिबादी पक्राउ गर्नका लागि सादा पाेसाकमा प्रहरी खटाइन्छ।गत महिनामा राजश्व छली गरी ल्याएका कराेडाैं बढीका विभिन्न अबैध मालसमान बरामद गरी महेशपुर भन्सार कार्यालय पठाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।