भैरहवा १३ भदाै।रुपन्देहीकाे भैरहवा नापी कार्यालका नापी अधिकृत सुग्रीव यादव विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
गैर कानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिकाे नाममा दर्ता गरी अनकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नापी अधिकृत सुग्रीव यादव विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयाेगका प्रवक्ता गणेश बहादुर अधिकारीले बताए ।
२०५३ साल असार १३ गते देखि २०८१ साल असार १६ गते सम्म सार्वजनिक पद सेवामामा रहेका यादवले १४ कराेड ८३ लाख ५७ हजार ८ सय ८४ रुपैयाँ ५९ पैसा बराबरकाे खर्च तथा लगानी गरेकाे देखिएकाे आयाेगले जनाएकाे छ। ५ करोड ७९ लाख ६२ हजार ४ सय ४० रुपैयाँ ३९ पैसाकाे सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको आयोगका सहायक प्रवक्ता अधिकारीकाे भनाइ छ।
नापी अधिकृत यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गायत्री,छोराहरू सुधान्सु र शुभम यादवकाे नाममा लुकाई छिपाई राखेको पाइएकोले अख्तियारले उनीहरूलाई पनि प्रतिवादी बनाएकाे छ।स्राेत नखुलेकाे रकम बराबरकाे बिगाे माग दाबी कायम गर्दै अख्तियारले मुद्दा दायर गरेकाे छ।