परासी १४ भदाै ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रूपन्देही आउने भएका छन् ।
आइतबार बिहान १० बजे शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व.राम प्रसाद बन्जाडे टङ्कमणिको सालिक अनावरण कार्यक्रममा टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुनेछ माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य गाेपी ज्ञवालीले बताए।
उनका अनुसार माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरु गरे देखि नै भूमिगत रहेर काम गरेका बन्जाडेकाे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परी ज्यान गएकाे छ।टङ्कमणी माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समय देखि रुपन्देहीका इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै आएका थिए।
पार्टी र जनआन्दोलनका क्रममा दिएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिठान माओवादी केन्द्र रुपन्देहीले उनको सालिक निर्माण गरेको छ।उनको सालिक अनावरण र जीवन कथा मूलक पुस्तक विमोचन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।