बुटवल १५ भदाै।नेकपा(माओवादी केन्द्र)ले रुपन्देहीमा एक्लै चुनाव लड्ने भएकाे छ।लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने नेताकार्यकर्तालाई निर्देशन दिएका छन।
अध्यक्ष प्रचण्डले भने कांग्रेस एमालेका नेताहरुले मलाई भन्थे यो परिर्वतन माओवादीले ल्याएको हो।त्यही भएर माओवादीलाइ कसैले नकार्न सक्दैन।हामी एक्लै लड्ने हो,तपाईहरु त्यसको तयारी गर्नु।
अध्यक्ष प्रचण्डले पार्टी भित्र देखिएको असन्तुष्टि र बहसलाई वर्ग संर्घषको स्वाभाविक स्वरुप भएको बताए।उनले ऐतिहासिक दृष्टान्त दिँदै भने,“जहाँ असन्तुष्टि त्यही हुन्छ,विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ।”
उहाँले माओत्से तुङ,ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दिष्टान्त पार्टीका नेताकार्यकर्ताहरु समक्ष राखे।
अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकाे औल्याए।
“देशभरका वडाहरुबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी,सहिद,घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिको विवरण तथ्याङ्क संकलन गरेर केन्द्रमा पठाउनु पर्छ,”उहाँको भनाइ थियो।उहाँले जुनसुकै पार्टीका भए पनि गणतन्त्रमा योगदान दिने नागरिकलाई सम्मान गर्नुपर्ने र पार्टीले यसको स्पष्ट मापदण्ड तय गर्ने।
प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका“प्रतिक्रियावादी र बिचौलिया” समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने उहाँले विश्वास व्यक्त गरे।
बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समिक्षा,संगठन पुनर्गठन,नेतृत्व हस्तान्तरणको तयारी,जनताको भरोसा प्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरु छन।बैठकमा प्रचण्डले समसामयिक राजनीति,पार्टीको आन्तरिक अवस्था रआगामी रणनीतिबारे आफनाे अधारणा राख्दै परिवर्तन माओवादीले ल्याएकाे हाे र त्यसको रक्षा माओवादी नै गर्छ उनले भने।