परासी१६ भदाै।लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरण कलवारले जलवायु परिवर्तनकाे लागि वृक्षारोपण अभियान चलाउनु पर्ने बताएका छन् ।

बन सदुपयोग तर्फ पुराना गोलिया काठको ब्यवस्थापन गर्न पुन?ग्रडिगँ,नापजाँच र गोलिय नम्बरीङ गर्नुका साथै वेवारिसे काठ र दाउराको संकलन,ढलापडा रुख छपान तथा काठदाउरा संकलन,माउ रुख भेरिफिकेसन्स,अन्तिम लिष्ट र किताब तयारी गरिने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष चौधरीले बताएका थिए ।
कुल १ हजार २०४ हेक्टर क्षेत्रफल रहेको वन समुहमा तीन पालिकाका १३ वटा वडाहरुका उपभोक्ताहरु आवद्ध रहेको समुहका अध्यक्ष विरेन्द्र चौधरीले जानकारी गराए । रामग्राम नगरपालिका- ६,९,१०,१४,१५,१६ र १८, सुनवल नगरपालिका-२,८ र ९ र पाल्हीनन्दन गाउँपालिकाको ४,५ र ६ का कुल १० हजार ६२५ घरधुरी समुहमा आवद्ध छन् । उतm बन क्षेत्रको ब्यवस्थापनले साढे ९ लाख क्विन्टल कार्वन सञ्चित गरेको दाबी बन प्राविधिकहरुले गरेका छन् ।
अहिले बैज्ञानिक बन ब्यवस्थापनले बुढा तथा धोध रुख कटान गरि निस्कासन गरे पश्चात साना विरुवा हुर्कने क्रम बन भित्र बढदो छ । बुढा रुख भन्दा साना विरुवाले वायुमण्डलमा रहेका कार्बन फोटोसेन्थेसिसको प्रकृयाद्धारा सोस्ने गर्छन् ।

जस्ले कार्बनको सञ्चिती काठको रुपमा रुख मोटाउने र भण्डारण हुने गर्छ । बदलामा बायुमण्डलमा अक्सिजन प्रवाह गर्ने गर्छ । बन ब्यवस्थापनले बायु मण्डलको हावालाई शुद्धिकरण गर्ने गर्छ ।