परासी १७ भदाै।बर्दघाट सुस्ता पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका,पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिए।
समयमा पर्याप्त वर्षा नहुँदा माटो सुक्खा भएर समस्या देखिएको हुन सक्ने उनले बताए।अण्डाको आकार जस्तो‘धानकाे पातको फेदमा खैरो र पहँलाे थोपा देखिएका छन्।धानमा देखिएकाे सङ्क्रमण आकार वृद्धि हुँदै ढुसीको कालो गिर्खा देखा पर्ने समस्या छ।यो समस्या बिस्तारै माथिल्लो भागमा पुग्छ र सुकेर डढेलाे जस्तो देखिन्छ‘,याे वर्ष धानमा देखिएकाे सङ्क्रमणबाट धान उत्पादन कम हुने भएकाेले किसान चिन्तीत छन चौबेले भने।
जिल्लामा २० हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ।यहाँका अन्य क्षेत्रमा समस्या देखिएको जानकारी आएको कार्यालय प्रमुख चौबेले बताए।
कृषि ज्ञान केन्द्र ना.प्रा.स. सुशमा राइले गाेल्डेन नामक धान बालीमा डढुवा रोग र मिलीबग किरा बढी मात्रामा देखिएछ।
पाल्हीनन्दन गाउँपालिका–३ का मनाेन कुमार नागवंशीले फेदमा डढुवा रोग लागेर धान बाली सुक्न थालेको छ।गत वर्षको तुलनामा यस पटक अधिकांश खेतमा यो रोग देखिएको उनले जानकारी दिए।