परासी २० भदाै।इलाका प्रहरी कार्यालय बेलाटारी र कुडिया प्रहरी चाैकीले बिल बिजक नभएका खसी बाेका सहित पिकप महेशपुर भन्सार कार्यालयमा पठाएकाे छ।
ग ३ च ४५२९ नम्बरकाे पिकप चेक जाँच गर्दा बिल बिजक नभएका ३१ वटा खसी एउटा बाेका र एउटा खसी मृत्यु अवस्थामा बेलाटारी र कुडिया प्रहरी चाैकीबाट खटिएकाे संयुक्त प्रहरी टाेलीले बरामद गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी बिर दत्त पन्तले जानकारी दिए।
डिएसपी बिर दत्त पन्तले भने पिकप चालक विनयी त्रिवेणी गाउँपािलका-२दुम्कीबास बस्ने वर्ष ३४ का विश्वास परियार र प्रतापपुर गाउँपािलका-९ बस्ने वर्ष ३२ का दिपेश ठाकुर समेतलाइ नियन्त्रणमा लिइ आवश्यक कारवाहीकाे लागि महेशपुर भन्सार कार्यालयमा पठाइएकाे छ।
“शसस्त्र प्रहरीले २४ घण्टा निगरानीका बावजुद स्थानीय तस्करहरुले हरकपुरा,पाँचपेडा,बसहिया,बैदाैली,भुजहवा,पडरी नाका प्रयाेग गरी भारतबाट भैंसी र राँगा चोरी तस्करी गर्दै आएका छन् नाम गाेप्य राख्ने शर्तमा स्थानीयले बताए।
“सिन्धुलीमा रू २०अर्बकाे लागतमा भैंसीकाे मासु प्रसाेधन उधाेग स्वीकृत भएपछि भारतबाट भैंसी,राँगा खसी र बाेका चरन गराउने बहनामा ब्यपारीहरूले तस्करी गर्दै आएका छन स्राेतले जनाएकाे हाे।”
“स्राेतले भने अनुसार सिमाक्षेत्रका शसस्त्र बी.ओ.पी.प्रहरी चाैकी तथा घुमुवाहरूकाे मिलेमताेमा राजश्व छली गरेर स्थानीय व्यपारीहरूले बर्दघाट नरपालिका-१२ स्थित मंगलवार जमुनीया लाग्ने भैंसी बजारमा बिक्री गर्ने गरेका छन।”