लुम्बिनी २१ भदाै।भारतका प्रधानन्यायधीश भूषण रामकृष्ण गवईले भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्।
न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनले लुम्बिनी आगमनलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएका छन्।
शनिबार बिहान लुम्बिनी प्रवेश गरेका गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ),सदस्य–सचिव सानु राजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का,वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राई सहित कोषका अधिकारी तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिएका थिए। उनले माया देवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै शुत्रपाठ गरेका थिए।साथै,विश्व शान्ति, मानव कल्याण,”नेपालको प्रगति र भारत–नेपालबीच मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलन समेत गरेका थिए।
लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरू सँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास-निर्माणका गतिविधिबारे चासो देखाएका थिए।
उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रचार–प्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास पनि व्यक्त गरे। प्रधान न्यायाधीश गवईलाई उपाध्यक्ष डा.लामाले उनलाई बुद्धको मुर्ति उपहार प्रदान गरेका थिए ।
प्रधानन्यायाधीश गवई नेपालमा आयोजना हुने ‘नेपाल–इन्डिया जुडिसियल डाइलग’कार्यक्रममा सहभागी हुन आएको अवसरमा लुम्बिनी पुगेका हुन्।उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ता बीच आपसी अनुभव आदान–प्रदान,”न्याय क्षेत्रका चुनौती तथा सम्भावना बारे छलफल गरिएको थियो।
प्रधान न्यायाधीश गवईको यस भ्रमणले लुम्बिनी मार्फत नेपालको पर्यटन, “सांस्कृतिक र धार्मिक महत्त्व अझै उच्च स्तरमा पुग्ने विश्वास लुम्बिनी विकास कोषले व्यक्त गरेको छ।