नवलपरासी२२ भदौं ।बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला समन्वय समितीले आर्थिक वर्ष २०८१∕ ०८२ को वार्षिक प्रगति समिक्षा तथा स्थानीयतहको असल अभ्यास सम्बन्धि अनुभव आदान प्रदान कार्यक्रम गरेको छ।
जिल्ला समन्वय समितीको कार्यालयमा भएको वार्षिक प्रगति समिक्षा तथा स्थानीयतहरुले गरेको सम्पादित कार्यहरुको असल अभ्यास सम्बन्धि अनुभव आदान प्रदान कार्यक्रममा प्रतिनिधि सभा सदस्य ध्रुव बहादुर प्रधानले फुलको विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका छन।
प्रतिनिधि सधा सदस्य प्रधानले भने,‘हामी अलग अलग पार्टीबाट निर्वाचित भएर आएपनि हामी सबैले जनताको सेवा गर्न आएका छौं, हामी एक आपसमा मतभेद नगरी सबै मिलेर विकास निर्माण कार्यमा अघि बढनु पर्छ ।
जिल्ला समन्वय प्रमुख भगौती यादव(रुदल)को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती नवलपरासीका उपप्रमुख रामदयाल तेली,लुम्विनी प्रदेश सभा सदस्य बैजनाथ कलवार,लुम्विनी प्रदेश सभा सदस्य खडक बस्नेत जसपा नवलपरासी अध्यक्ष धरेन्द्र यादव,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्क्ष रवि पाण्डे, लगायत वार्षिक समिक्षा कार्यक्रममा शुभकामना व्यक्त गरेका छन ।
जिल्लाका सुनवल नगरपालिका,बर्दघाट नगरपालिका,रामग्राम नगरपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका,सरावल गाउँपालिका,पाल्हीनन्दन गाउँपालिका तथा सरकारी निकायका प्रमुख प्रशासकिय अधिकृत तथा शाखा अधिकृत लगायत गैर सरकारी संघ संस्थाका पदाधिकारी हरुले २०८१∕०८२ को शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधारको वार्षिक सम्पादित कार्यहरुको प्रगति प्रस्तुत गरेका थिए।
कार्यक्रम सञ्चालन जिल्ला समन्वय समितीका शाखा अधिकृत सुमिता मरासीनीले गरेेकी थिइन।