गौरीशंकर जयसवाल ३१ भदौ।जनता प्रगातिशिल पार्टीका केन्दिय अध्यक्ष तथा पूर्वमन्त्री हृदेश त्रिपाठीले जेनजी पुस्ताकाे आन्दोलनको मौका छोपेरआपराधिक समूह र तस्काहरुले सरकारी कार्यालय तथा नेताहरुको निजी सम्पती तोडफोड गरेका छन।
मन्त्री हृदयेश त्रिपाठी,लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालीकाका अध्यक्ष उमेशचन्द्र यादवले आज पत्रकार सम्मेलन गरी आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएको जानकारी दिए।
जेनजी अन्दाेलनकाे क्रममा नेता तथा जनप्रतिनिधिहरूको निजी सम्पतीमा आगजनी गर्ने आपराधिक समूह र तस्काहरुलाई कारवाही गर्न उनले भने, “निर्वाचन क्षेत्र १ का प्रदेश साँसद तथा गाउँपालिका अध्यक्षलाई लक्षित गरी आगजानी गरेकाे भिडियाेमा आपराधिक समूह र तस्काहरुकाे पहिचान गरी जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको त्रिपाठीले भने।
एक हप्ता भित्र आगजनी गर्ने आपराधिक समूह र तस्काहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गरेन भने आफुले जनकारही गर्ने चेतवानी दिए। “जेनजीकाे अन्दाेलन देखेर नेताहरु सुधार भए भने, “यो भन्दा खतरनाक परिस्थिती आउन सक्छ। “त्यही भएर अब नेताहरु आत्मा गलानी गरे सुध्रिनु पर्ने आवश्यक रहेको त्रिपाठीको भनाई छ।, “अहिले देशकाे अवस्थामा जटिल छ, “सबै एक जुट भएर देश र संबिधान दुबैको रक्षा गर्न आवश्यक छ।
यस्तै लुम्बिनी प्रदेशका पूर्वमन्त्री देवकरण कलवारले देशमा शुख शान्ति समृद्ध होस भन्दै अन्यायमा परेका व्यक्तिहरु सरकार संग न्याय पाउन।आगजानीमा संग्लनलाई कानून बमाेजिम कारवाही हुनुपर्छ कलवारले भने।,
यस्तै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले निजी सम्पतीमा आगजानी तथा तोडफोडमा संग्लनलाइ कारवाहीकाे माग गरिएको बताए।आफुले निर्माण गरेकाे घरमा आगजानी तथा तोडफोडमा भएकाे अध्यक्ष यादवले भने।आगजनी गर्ने माथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको उनले बताए।
जिल्लामा ५० भन्दा बढी सरकारी,निजी संरचना तथा सवारी साधनमा आगजानी तथा तोडफोडमा गरिएकाे पाइएकाे छ।