नवलपरासी ।रु एक लाख घुस सहित लेखा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सुर्खेतबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेकाे छ ।
बिहीबार साझ वीरेन्द्रनगरबाट उनलाई पक्राउ गरेको हो।
दैलेखकाे डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राही सँग एक लाख रुपैयाँ घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
उनका अनुसार सेवा ग्राही सँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।