नवलपरासीको सुनवल नगरपालिका वार्ड नम्बर १३ स्थित बडेरा सामुदायिक बन उपभोक्त समितिका अध्यक्ष मदन पन्त संग पत्रकार रामकरन हरिजनले गर्नु भएको कुराकानीको संक्षिप्त अंश ।
बडेरा सामुदायिक बन उपभोक्त समितिको अध्यक्षको रुपमा कति अवधी देखी काम गर्दै आउनु भएको छ ?
म यस बडेरा समुदायिक वन उपभोक्ता समितीमा रहनु भन्दा अगावै बन बचाउनु पर्छ भन्दै सामाजिक रुपमा अभियान चलाउदै आउने मध्य एक हुँ । यो हाम्रो साझा सम्पती हो भन्दै आइरहेको र यस वन संरक्षण अभियानमा चाँसो राख्दै आएको कुरा पुर्व समिती सदस्यहरु र समाजका अगुवा सबै जनालाई थाहा भएको कुरा हो । वन व्यवस्थापन समितीको सल्लाहकार समिती सदस्य हुँदै उपाध्यक्ष पदमा काम गर्दै अहिले समुदायिक वन उपभोक्ता समितीमा दोस्रो कार्यकाल अध्यक्षको रुपम मलाइ यहाँका उपभोक्ताहरुले सेवा गर्ने मौका दिनु भएको छ ।
समुदायिक बन उपभोक्ता समितिले के को काम गर्ने गर्दछ ?
सामुदायिक वन उपभोक्ता समितीले मुल रुपम वनलाई हरियाली बनाइ खाली जमिनहरुमा वृक्षारोपण, बनमा ढलेपढेका काठहरुको स्यवस्थापन कार्य गरेर वनलाई हरियाली बनाउनुका साथै स्थानिय उपभोक्ताहरुलाइ काठ दाउरा उपलब्ध गराईदै आएका छं ।
यो समितिले सामाजिक उत्तर दायित्व अर्न्तगत कस्ता कस्ता कामहरु गर्दै आएको ?
यस समुहले समितीको कार्ययोजना अनुसार नेपाल सरकार वन मन्त्रालयको कानुनमा रही ढलापडा कटान, वन सरसफाइ, बृक्षारोपण कार्य गरी रोजगारमा टेवा पुर्याउने काम गर्दै आएको छ । महिला उद्यम, गरीब विपन्न सहयोग, खेलकुद लगायत विभिन्न कार्यहमा स्थानिय समुदायका मानिसहरुलाई सहयोग गर्दै आएको छ । मुलत विपन्न वर्गहरुलाई ब्यापक रोजगारीको अवसर दिएको छ ।
रोजगारीको कुरा गर्नु भो कस्तो प्रकारको रोजगारी दिने गर्नुं भएको छ ?
स्थानय वासीन्दाहरुलाई बन हेरालो, बन सरसफाई कर्मीको रुपमा, काठ दाउरा काटने सिजनमा कटान एवं ढुवानीको काममा स्थानिय युवाहरुलाई रोजगारी दिने काम समेत बन समितिीले गर्दै आमएको छ । यस गरी वनको खाली क्षेत्रमा स्थानिय महिलाहरुको समुहले समुहिक रुपमा बेसार खेती समेत गर्दै आएको छ जसले स्थानिय महिलाहरुको आय आर्जनमा सहयोग पुर्याएको छ ।
बन उपभोक्ता समिति गठन गर्दा बन क्षेत्र संग नजिक रहेका बस्तीहरु मात्र समितिमा राख्ने गरिन्छ वा बन देखी टाडा भएका समुदायका मानिसहरुलाई पनि समेटने गरीन्छ ?
यस कार्य समितीमा समावेशी वन को नियम अनुसार सुनवल नगसरपालिका वार्ड नम्बर १३, रामग्राम नगरपलिका वार्ड नम्बर १ र ७ र पाल्हीनन्दन गाउँपलिका वार्ड नम्बर ३ लगाएतका वार्ड समेटेको छ । प्रत्येक वार्ड समेटीने गरी महिला, दलित, जनजातीहरुको सहभागीतामा कार्य समिती गठन गरिएको छ । कार्यबिधि अनुसार ५० प्रतिशत पुरुष, ५० प्रतिशत महिला राख्ने गरिन्छ । जसमा पदाधिकारीहरु पनि महिला र पुरुषमा ५० ५० प्रतिशत भन्ने व्यवस्था लागु गर्दै छौ । यसै गरी दलित र विपन्न वर्ग जनजाति अन्य समावेशी रहनु पर्ने छ ।
सामुदायिक बन उपभोक्ता महासंघ (फेकोफण्ड)को दवावमा बैज्ञानिक बन व्यवास्थापन कार्यक्रम बन्द गरीएको भन्ने कुरा आउने गर्दछ । यसो किन गरिएको हो ?
सामुदायिक बन उपभोक्ता महासंघ (फेकोफण्ड) पुरानो छाता संगठन हो र पछि आएर वन विज्ञहरुबाट हरियो वन नेपालको धन समृद्ध नेपाल भन्ने मुल नाराका साथ वैज्ञानिक वन लागु भयो । पुराना रुखहरु कटान गर्ने र कटान गरिएको स्थानमा तारबार गरी नयाँ विरुवा रोपेर पुनर उत्तान गर्दै जाने विदेशबाट काठ दाउरा आयात गर्न नपरोस र रोजगार पनि सृजना होस । भनि यो नियम ऐन अगाडी बढयो तर बिचमा (फेकोफण्ड) र वैज्ञानिक वन विच केही मतआन्तर देखीयो । अहिले आएर दिगो वन ब्यवस्थापनको अवधारणा लागु भइ कार्य अगाडी बढी रहेको छ । यसबाट उपभोक्ताहरुलाइ सहज रुपमा घर बनाउन तथा फर्निचरको लागि काठ दाउरा प्राप्तीमा सहज भएको छ ।
वन ब्यवस्थापन बाहेक बडेरा समुदायिक वन उपभोक्ता समितीले समाजमा अरु के–कस्ता कार्यहरु गरेको छ वा गरिरहेको छ?
वन ब्यवस्थापन बाहेक खेलकुद समाग्रील वितरण, प्रतिक्षालय निर्माण, विद्यालयहरुमा पंखा, स्कुलमा ड्रेस, अध्यकोष, सरस्वती मन्दिर निर्मांण, स्थानिय स्तरमा रहेको मोतिलाल क्याम्पसमा लाई शिक्षा अनुदान कार्यक्रम अन्तर्गत पाँच लाख नगद तथा पानी फिल्टर लगायत सहयोग गरेका छौं ।
अन्त्यमा तपाईलाई केही भन्न छुटेको छ कि ?
हाल मुलुकमा भएको जेन–जी अन्दोलनमा भएका शहिदहरु प्रति हर्दिक श्रदाञ्जली अर्पण गर्न चाहन्छु । साथै आउँदै गरेको दशै, तिहार एवं छठ पर्वको अवसरामा सबै जनालाई हार्दिक शुभकामना व्याक्त गर्न चाहन्छु ।
