नवलपरासी ।पश्चिम नवलपरासी भारत संग जोडिएको सिमाक्षेत्रमा ड्रोन उडेको देखेर स्थानीय त्रासित भएपछि ड्रोन नउडाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीले भनेको छ।
जेन-जी अन्दाेलनपछि चाेरी,लुटपाटका घटना संगै रातीमा ड्राेन उडेकाे देखेर ग्रामिण क्षेत्रका स्थानीयहरू अहिले त्रसित भएका छन।जेन-जी प्रदर्शनका क्रम्मा करागारबाट कैदीबन्दी भागेका छन।केहीलाई प्रहरीले पक्राउ गरेपनि अधिकांश भने अझै बाहिरै छन् ।बाहिर गएका कैदीबन्दीहरुले लुटपाट,चोरी तथा प्रतिसाेधकाे भावनाले पुन अपराध गर्न सक्ने भन्दै सर्वसाधारणमा त्रास देखिएको हो।
नेपाल भारत सिमाक्षेत्र वरिपरीका गाउँमा राती ड्रोन उडाएको जानकारी पाएपछि नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले आइतवार ड्रोन नउडाउन सुचना जारी गरेका छन ।
उनका अनुसार व्यक्तिगत,संस्थागत,साँस्कृति,धार्मिक वा परम्परागत पर्व∕ उत्सवहरुमा ड्रोन उडाउनको लागि स्थानीय प्रहरीलाई जानकारी गराएर मानवरहित हवाइ उपकरण उडान गर्नृ उक्त निर्देशिकाको पालना नगरी ड्रोन उडाएमा कानुन बमोजिम कारवाही गरिने छ।