नवलपरासी।बर्दघाट सुस्ता पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित दबिलामा अवस्थित बुद्धमङगल ताल पर्यटक सहित जोकोहिलाई आकर्षित गरेको छ ।
बर्दघाट नगरपालिकाले चार वर्ष अघि १५ लाख रुपैया संघिय समानिकरण अनुदान मार्फत बुद्धमङगल तालको सौन्दर्यकरण तथा पहिचान गराएको बर्दघाट नगरपालिका–१२ का वडाध्यक्ष उमाशंकर चौधरीले बताए।उनले भने बुद्धमङगल तालको ऐतिहासिक महत्व भएपनि आवश्यक प्रचार प्रसार तथा विकास हुन नसक्दा यो ताल ओझेलमा छ ।
दबिला र मंगल दाजु भाइ थिए , र उहाँहरु बैद्ध पनि हुन, त्यहाँ कोलबृक्ष नामक विरुवा थियो । “यहाँ कुष्ठ रोगीहरु उपचार गर्न आउँथें ।भारतको कासी भन्ने ठाउँको राजा श्री राम लाई कुष्ठ रोग लागेको भन्दै उनी राज्यबाट निष्काशित भएपछि उक्त तालमा कुष्ठ रोगको उपचार गराउन आए ।
“उक्त तालको छेउमा काेलबृक्ष भन्ने विरुवा थियाे उक्त विरूवाकाे पात बुद्धमङग तालमा झरथ्यो र त्यही तालमा उनले स्नान गरेपछि उनको कुष्ठ रोग ठिक भयो बुद्धमङग तालको जानकार दिप प्रकाश लोहनीले बताए।
लाेहनीले भने कपिलबस्तुको राजकुमारी सुप्रिया पनि कुष्ठ रोगी थिईन ,कपिलबस्तुको राजाले सुप्रियालाई उपचारकाे लागि त्यहाँबाट ल्याएर जावा भन्ने गाउँमा राखेका थिए । जावा गाउँबाट बुद्धमङग तालमा उपचारको लागि जाने क्रममा राजकुमारीलाइ बाघले आक्रमण गरेपछि राजा श्री रामले राजकुमारीलाइ बचापछि दुबै जनाकाे सुमधुर सम्बन्ध भएपछि बिवाह भएकाे लोहनीले जानकारी दिए।
बुद्धमंगल ताल,काेलिय गणराज्य,रामग्राम स्तुप,पण्डितपुर संग सम्बन्धित रहेकाे उनले भने।परासी देखि गोपिगञ्ज जाने सडकबाट आधा किलोमिटर उत्तर र पुर्व बुद्धमङगल ताल छ तालको वरिपरी हिन्दु देवी देवताको मन्दिर पनि छ।