नवलपरासी।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
टंगालबाट खटिएको टोलीले १ लाख २० हजार ८ सय ५० रुपैयाँ सहित दाहाललाई पक्राउ गरेको ख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पाैडेलले जानकारी दिए।
आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूका बिल भुक्तानी गर्दा घुसबापत रकम लिई आफ्नो कार्यकक्ष भित्र लुकाइ राखेको निवेदन एवम् सुचनाका आधारमा उनलाई नियन्त्रयणमा लिइ थप अनुसन्धान कार्य भइरहेकाे जनाएको छ ।