रूपन्देही।लक्ष्मी मूर्ति विसर्जन गर्ने क्रममा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ।
बुधवार रुपन्देहीकाे शुद्धाेधन गाउँपालिका वडा नम्बर ७ सिसवा स्थित दानव नदीमा मूर्ति सेलाउने क्रममा मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनकाे पानीमा डुबेर मृत्यु भएकाे रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।
कार्कीका अनुसार भेटिएका ती शवहरू भिम अस्पताल भैरहवामा राखिएको छ।