नवलपरासी।(बर्दघाट–सुस्ता पश्चिम)नवलपरासी सुनवल उद्योग वाणिज्य संघले मङ्सिर १० गते देखि २१ गते सम्म पाँचौँ सुनवल महोत्सव आयोजना गरेकाे छ ।
साेमवार पत्रकार सम्मेलनमा महाेत्सवकाे सम्पुर्ण तयारी भइसकाे भन्दै मेला अवलाेकन गर्नकाे लागि प्रवेश शुल्क रु. १००,विद्यार्थीका लागि ७० रूपैया र सामुहिक रूपमा मेला अवलाेक गर्न आउनेकाे विद्यार्थीका लागि ५० प्रतिशत, ६८ वर्ष भन्दा माथिका(समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकलाइ पचास प्रतिशत छुटकाे गरिने छ।व्यपार मेलाले करीब १३,५०० वर्ग मिटर क्षेत्रफल जग्गा ओगटने सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताए।
सामाजिक संस्थाका लागि पनि विशेष छुटको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ। प्रत्येक स्टलको बीमा गरिनेछ महाेत्सवमा सिसिटिभिबाट सुरक्षा निगरानी गर्ने संघले जनाएको छ।
संघले स्थानीय उत्पादन, सेवा र उद्योगको प्रवर्द्धन सँगै परम्परागत उत्पादनलाई आधुनिक प्रविधिबाट रूपान्तरण गरी बजार विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिएको हो। संघका अध्यक्ष रमेश कर्माचार्यका अनुसार महोत्सवले उत्पादक, व्यापारी र उपभोक्ताबीचको सम्बन्ध सुदृढ गर्दै नयाँ सोच र अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।
महोत्सव सुनवल साेमनाथ स्थित आयोजना हुनेछ। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय उद्योग, व्यवसाय, निर्यातकर्ता र सेवाप्रदायक संस्थाहरूको सहभागिता रहनेछ। आयोजकले १ लाख दर्शक अवलाेकन गर्ने र १० करोड रुपैयाकाे काराेबार हुने अनुमान गरिएकाे छ।
महोत्सवमा २ सय व्यापारिक स्टल रहनेछन्।उत्पादक र उपभाेक्ता बिच सुमधुर सम्बन्ध स्थापना गर्ने मेलामा नेपालका घरेलु,साना, तथा ठुला उद्योगहरूका अतिरिक्त विदेशका वस्तुहरू र पहाडी,कृषि जन्य र अन्य उत्पादनहरू समेत व्यवसायी स्टल १४५ जसमा होटल १५,महिला उद्यमी ३०,शैक्षिक ३, स्वास्थ्य १,सञ्चार १,कृषि ४, सहभागि गराइने छ। साथै, सांस्कृतिक कार्यक्रम, खानपान महोत्सव, विज्ञान तथा कला प्रदर्शनी, बाल उद्यान, खेलकुद, म्युजिक शो, नृत्य र गायन प्रतियोगिता पनि हुनेछन्।
कुनै प्रकारको विवाद हुन नदिनकाे लागि सिसिटिभिबाट मेला निगरानी गरिन्छ ।
संघका अध्यक्ष कर्माचार्यका अनुसार मेला ठेक्कामा नदिइ स्वयं संघले सञ्चालन गर्दै आएको हो।महोत्सवको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि,उद्योगी–व्यवसायी, सरोकारवाला दर्शक सहभागी हुने अपेक्षा गरिएको मङ्सिर २१ गते महाेत्सव समपन्न हुनेछ।