परासी।जेन-जी प्रदर्शन पछिआगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन सशस्त्र प्रहरी बलकाअतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगरआइतवार (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी पुगेका छन।
सशस्त्र प्रहरी बलकाअतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगरले शान्ति सुरक्षाका विषयमा जानकारी लिन नवलपरासीआएका थिए सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुरका प्रहरी उपरीक्षक संताेश राय माझीले जानकारी दिए ।
उनका अनुसार यहाँका शान्ति सुरक्षा आवस्थाबारे (एआईजी) ठाडामगर संग छलफल भएकाे हाे।उनले भने, ‘सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेकोले सीमाक्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति मजबुत बनाउने सरकारको नीतिअनुसार नेपाल–भारत सीमाक्षेत्रमा रहेका स्तम्भको सुरक्षा,सीमा अतिक्रमण,चोरी तस्करी,राजश्व चुहावट रोकथाम गर्ने लगायतका विषयमा छलफल भएकाे हाे ।