नवलपरासी ।(बर्दघाट सुस्ता पश्चिम) नवलपरासीका दुई वटा स्थानीयतह लाई जापान सरकारले दमकल दिएकाे छ।
जिल्लाको सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकालाई जापान सरकारले अत्याधुनिक दमकल दिएकाे छ। दमकल नहुँदा आग लागीका घटनाबाट यहाँका जनताले ठूलो क्षति बेहोर्दै आएकाे घटनालाई मध्यनजर गर्दै जापान सरकारले दमकल दिएकाे हाे।
जापान सरकारल दिएका दमकलहरू बिहीबार काठमाडौँका स्थानीय लगायतलाई हस्तान्तरण गरिएको हो। लामो समयदेखि दमकलविहीन रहेका नगरपालिका तथा गाउँपालिकालाई जापान सरकारले दमकल दिएकाे हाे।
सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जापान सरकार तथा सहयोगी निकाय प्रति आभार व्यक्त गर्दै दमकल प्राप्त गरेपछि आगलागीबाट नगरवासीको जीउधनको सुरक्षा हुने भयाे ।
दमकलको उचित सञ्चालन र मर्मतसम्भारकाे लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो।