नवलपरासी।(बर्दघाट सुस्ता पश्चिम) नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका इन्जिनियरले काम नगरेपछि संघिय सरकारकाे बजेट फिरता गएको छ ।
पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्ही पोखरा सुन्दरी करणका संघिय सरकारले ९० लाख रुपैया विनियोजन गरे थियो, “पाल्हीनदन गाउँपालिकाका ईन्जिनियर उमेश शर्मा म्एच् तयार तथा ठेक्का नगरेपछि काम सुरु नभएर बजेट फिरता गएको पाल्हीनन्दन गाउँपालिकाका प्रवक्ता कृष्ण चन्द्र यादवले बताए।
उनका अनुसार गाउँपालिकाले पटक पटक म्एच् तयार गर्न भने पनि ईन्जिनियर शर्माले काम नगरेपछि आएको बजेट पनि फिर्ता गएको हो।
पोखरा सुन्दरी करणको प्रकृया अगाडी बढाउनको लागि उपभोक्ता समिती बनाएर गाउँपालिका पठाएपनि गाउँपालिकाका ईन्जिनियरले म्एच् तयार नगरेको पाल्हीनन्दन –४ का वडाध्यक्ष रविन्द्र सहानीले जानकारी दिए ।
उनले भने बुटवलबाट म्एच् तयार गरेर ल्याएको गाउँपालिकामा सुने थिए,त्यो पनि दुई पटक फेल भयो,बजेट पनि फिर्ता गयो ।
उपभोक्ता समिती समयमा बनाएन्न साथै पोखरामा भएको पानी नसुखाएपछि म्एच् तथा ठेक्का नभएको पाल्हीनन्दन गाउँपालिकाका ईन्जिनियर उमेश शर्माले बताए ।
माछा पालनकाे लागि ठेक्का हुँदै आएकाे पाेखरा ठेक्का नदिएपछि जलकुम्भिले भरीएकाे छ।गाउँपालिकाले ठेक्का नदिएपछि तीन वर्ष देखि बिहिन हुँदा बाह्र लाख रूपैया सरकारलाइ घाटा लागेकाे देखिन्छ। पछिल्लाे समय उक्त पाेखरा पाँच वर्षकाे लागि बिस लाखमा ठेक्का दिने गरिन्थ्याे।