
पुर्व स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठीले देशको शिक्षाप्रति दिन-प्रतिदिन विश्वास घटिरहेको बताउदै शिक्षा नितिको समिक्षा गर्नु पर्ने अति आवश्यक रहेको बताउनु भयो । देशको शिक्षा,स्वास्थ निति प्रति हामी सबै पुन बिचार गर्न जरुरी रहेको बताउनु भयो । प्रतिनिधि सभा सदस्य सरिता भुसालले अहिलेको शिक्षा नितिले उत्पादन गरेका विद्यार्थी कस्ता छन कहाँ छन भन्ने कुरा गम्भीर भएर सोच्न पर्ने बताउनु भयो । अहिलेको शिक्षा निति कस्तो बनाउने बिषयमा सदनमा गम्भीर हुनुपर्छ बताउनु भयो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नेपाली काङ्ग्रेसका जिल्ला सचिब कुलदिप आचार्य, संविधान सभा सदस्य सीता बौडेल, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट नगरका पुर्व प्रमुख घिरज शर्मा बस्याल, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सघ सस्थाको तर्फबाट इन्देणी सामाजिक बिकास मञ्चका कार्यकारी बद्री प्रसाद सुबेदी, नेपाल शिक्षक महासङ्ग बर्दघाटका अध्यक्ष सभ्यता प्रसाइ, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्य लगायतले बोल्दै शैक्षिकस्तर उकास्नका लागी लाग्नु पर्ने बताउनु भयो । स्वर्ण महोत्सव मुल आयोजना समिति संयोजक बिक्रम खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कान्त चापागाईं, कार्यक्रम संचालन प्रध्यानाध्यापक पुस्पराज अधिकारीले गर्नु भएको थियो ।
