ध्रुवनारायण बानिया परासी-हरपुर आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २७ औं साधारण सभा सम्पन्न भएकाे छ।पश्चिम नवलपरासीको पाल्हीनन्दन-२मा भएकाे साधारण सभामा जनप्रतिनिधिहरूकाे पनि उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा सहकारीका संचालक समितिकाअध्यक्ष दिनानाथ तिवारी,उपाध्यक्ष कुन्ती केवट,काेषाध्यक्ष सिताराम खटिक,सचिव धुपनारायण केवट,सदस्य संताेषनाथ हजाम,आशा चाैधरी,साेमै अहिर,लक्ष्मीना देवी चमार,मनाेज प्रसाद गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे।
साधारण सभामा ध्रुवनारायण बानियाले२०८१असार सम्मका लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।काेषाध्यक्ष सिताराम खटिकले०८१ असार सम्मकाे संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेका थिए।प्रतिवेदन अनुसार २ हजार ९ जना सेयर सदस्य सहकारीमा रहेका छन ।
यस्तै सहकारीले २५कराेड९४लाख९ सय ३०रुपैयाकाे काराेबार गरेकाे छ।साधारण सभा कार्यक्रमकाे संचालन रामप्रसाद भुसालले गरेका थिए।