वडेरा समुदायिक वन उपभोक्ता समितीका अध्यक्ष मदन पन्थको अध्यक्षतामा प्रमुख अतिथि पाल्हीनन्दन–३ का वडाध्यक्ष गोधन हरिजनले गरिबी निवारण र स्वरोजगार प्रवद्र्धनका लागि वडेरा समुदायिक वनले पाल्हीनन्दन गाउँपालिकाका महिलाहरुलाई पाँच दिने कुशन तथा गुडिया बनाउने तालिम” सुरु गरेको छ।
तालिम वडा नं ३ को वडा कार्यालयको सभाहलमा सञ्चालन भइरहेको छ। तालिमले ग्रामिण क्षेत्रका स्थानीय महिलाहरूलाई सिप सिकाएर स्वरोजगार तर्फ उन्मुख गराउने लक्ष्य राखिएको भन्नु भयो ।’हाम्रो वडाले महिलाको आत्मनिर्भरता र सीप विकासलाई प्राथमिकता दिएको छ। यस तालिममार्फत महिलाहरूले आफ्नो सीप देखाएर व्यवसाय गर्न सक्ने अवसर पाउनेछन् ।
ग्रामिण (गाउँ) मा बसोबास गर्ने महिलाहरु पाँच दिनको तालिममा सहभागि भएर कुसन तथा गुडिया बनाउन तालिम लिएपछि कुसन र गुडिया बनाएर विक्री गरेर रकम आर्जन गर्छिन भने विश्वास गरेको यस कार्यक्रमका विशेष अतिथि प्रेम बहादुर थापाले बताउनु भयो ।
महिलाहरू घरभित्रको मात्रै नभई घरबाहिरको आयआर्जनमा पनि सक्षम बन्नुपर्छ भन्ने सोचले यस्तो तालिम दिइएको हो । यो सिपले उहाँहरूलाई आत्मनिर्भर बनाउने विश्वास लिएका छौं गिरीस गुप्ताले भन्नु भयो ।
तालिममा सहभागी महिलाहरूले सिकेका सीपलाई व्यवहारमा उतारेर आय आर्जन गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो” वडेरा समुदायिक वन उपभोक्ता समितीका अध्यक्ष मदन पन्थले भन्नु भयो । उघाटन कार्यक्रममा राजेश्वर पाण्डे,रम्भा दुसाध,रिन्जु चाैधरी,तिलक प्रसाद पाैडयाल लगायतकाे उपस्थित थिए ।कुशन तथा गुडिया तालिमका प्रशिक्षक अनुराधा कुमारी सहानीले तालिम दिएकी छिन ।