परासी २४ भदाै।काठमाडौं लगायत विभिन्न जिल्लाहरूमा जेन-जी पुस्ताका (युवा)ले गरेकाे शान्तिपुर्ण प्रदर्शनका क्रम्मा प्रहरीकाे गोली लागेर मृत्यु भएकाहरूकाे शाेकमा नवलपरासीका पाँच वटा स्थानीयतहले आज शाेक बिदा दिएकाे छ।
जेन-जी प्रदर्शनमा प्रहरीकाे गोली लागेर ज्यान गुमाएका मृत्कहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृत्क परिवारजन प्रति गहिराे समवेदना र सहानुभुति व्यक्त गर्दै बर्दघाट नगरपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिका,रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाले शाेक बिदा गरेकाे छ।
मंगलवारका दिन यस कार्यालयका अतिरक्त मातहतका वडा कार्यालय,स्वास्थ्य संस्था,शैक्षिक संस्थाहरू एवम् सम्पुर्ण संघ संस्थाहरूमा शाेक विदा दिने निर्णय गरेकाे रामग्राम नगरपालिकाले सुचना प्रकाशन गरेकाे छ।
जेन-जी प्रदर्शनमा घाइतेहरूकाे तत्काल उपचारका लागि नेपाल सरकारलाइ आग्रह गर्दै शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ।समाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरूद्ध जेनजी (युवा) समुह प्रदर्शमा उत्रिएका हनु।यसै बिच जेनजीकाे प्रदर्शनपछि सरकारले समाजिक सञ्जालमा लगाएकाे प्रतिबन्ध खाेलेकाे छ।