परासी ।बिहिवार शंकरपुर जाँदा अविरल वर्षाले पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका किसानहरुको धान बाली डुबानमा परेर जलमगन भएको थियो ।
सडकको वरिपरी समुन्द्र जस्तै पानी देखे त्यहीँ पाल्हीनन्दन‐१ का स्थानीय चुुल्हाई प्रसाद यादव भेटाए , उनले भने पाल्हीनन्दन र सरावलका कम्पतीमा एक हजार विघा धानबाली डुबानमा परेको छ, “यस वर्ष अहिले सम्म यस्तो ठुलो वर्षा भएको थिएन,अहिले धान काटने बेलामा यस्तो ठुलो वर्षा आएर हामीहरुलाई बर्बाद बनायो, यति बेला धान फलिरहेको थियो, “कतिपय धान फलिसकेको पनि थियो , “बाढीको डुबानमा परेर अब पुरै नष्ट हुन्छ। दिन भरी मेहिनत गरेर धान रोपेको अब लगानी पनि निस्किदैन ।”
“धनेवा र झरही खोलाको बाढीले गत वर्ष पनि यस्तै पुरै डुबान भएर खेतमै धान सडयो, “नयाँ आर्थिक वर्ष पनि त्यस्तै बाढी आएर पाल्हीनन्दन र सरावल गाउँपालिकाका किसानहरु पिडित छन । पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया,खडवना र भुजहवाका किसानहरु गेंहु,तोरी,मसुरो, र उँखु बाहेक धान काटन पाउँदैनन् वडासदस्य यादवले सुनाए ।”
धनेवा र झरही खेलाको पानी निकास छुट्ट छुट्टै नभएर पाल्हीनन्दन र सरावलका धानबाली बाढी हरेक वर्ष डुबानमा परेर क्षति हुँदै आएको छ ।
सरावल गाउँपालिका–६ मधवलीयाका अर्को एक जना घन्शयामा चौधरीले भने सरावल र पाल्हीनदनको शंकरपुरमा बाढी आएर धानबाली डुबान भएको नयाँ कुरा होइन हरेक वर्ष “यहाँ बाढी आउँछ र उनको डेढ विघामा दुई लाख बराबरको धानबाली नष्ट भएको छ ।
सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले भने पाल्हीनन्दन र सरावलमा हरेक वर्ष बाढी आउँछ र धान बाली डुबान हुन्छ ।
Exif_JPEG_420