नवलपरासी १ भदाैं।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोले बर्दघाटमा प्रशिक्षण सुरू गरेकाे छ।
पार्टी ब्युरो सचिव जिता मित्र सुनारको अध्यक्षतामा आइतबार पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख राम सिंं श्रीसले ब्यानर वाचन र पार्टीको झन्डा फहराएर उदघाटन भयाे।कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्शन कृष्ण राज पौडेल ,पोलिटब्युरो सदस्य परी थापा,सिताराम तामाङले मन्तव्य राखेका थिए।
दुई दिने प्रशिक्षणमा दर्शन शास्त्र,ऐतिहासिक भौतिकवाद ,नेपालको कम्युनिस्ट आन्दोलन,तात्कालिन राजनैनिक विषयमा छलपफल गर्ने।क्रान्तिकारी पार्टीका पोलिट ब्युरो सदस्य तथा ब्युरो इन्चार्ज प्रेम सुबेदी,केन्द्रीय सल्लाहकार युवराज न्यौपानेको आतिथ्यता रहेको थियो।
पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको संचालन बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयको स्वागतमा भएको थियो । प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका जवस मोर्चाका नेता कार्यकर्ताकाे उपस्थित थिए।