नवलपरासी।फागुन २१ गते हुने संघिय निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवार सिपारीस गरेको छ।
पार्टीकाे केन्द्रिय निर्देशन अनुसार बुधवार (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी जिल्ला कमिटीकाे बैठकले निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उमेदवार केहर सिंह कुवर,रामानन्द यादव,काशीनाथ हरिजन,देवानन्द फाैजदार,इन्दिरा वडाललाइ निर्वाचनका लागि सिपारी गरिएकाे जिल्ला इन्चार्ज भविश्वर तिवारी अजादले जानकारी दिए।
उनले भने, “निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उमेदवार घनश्याम यादव,देवेन्द्र पाैडेल,दुलारी हरिजन,ध्रुवनारायण बनिया,हरि भणडारीलाइ निर्वाचनका सिपारीस गरिएको छ।”
यस्तै समानुपातिक तर्फ बृहस्पति अधिकारी,लक्ष्मी भुसाल खरेल जैसी,लाेक प्रसाद श्रेष्ठ,कुमार आले,अगविर वि.क.,निर्मला केसी,अनिता भुज हरिजन,सुरेन्द्र प्रसाद शर्मा बढइ,सुभान अलि,प्रहलाद पासीलाइ उमेदवारका लागि जिल्ला कमिटीले सिपारीस गरेको उनले भने।”