परासी।मदारबाबा मजार संरक्षण संस्था नवलपरासीको नयाँ सञ्चालक समिति चयन भएको छ।शनिवार आयाेजित संस्थाका ६औं साधारण सभा तथा तेस्राे अधिवेशनले जमालुदिन अंसारीलाइ नयाँ कार्य समितिकाे अध्यक्ष चयन गरेको हो।
संस्थाको विशेष अधिवेशनले वरिष्ठ उपाध्यक्ष मोहम्मदअफताब अंसारी मुस्लमान,उपाध्यक्ष हजरत अली,काेषाध्यक्षमा जरीना खातुन,सचिव समसुल,सह-सचिव अमिना खातुन,सदस्य अक्सीर अली अंसारी,वकिल मिँया,इमाम हसन मिया,सम्सेर दिन,नेक महम्मद,कलिमुन नेसा,जमिर अंसारी,अली महम्मद लगायतलाइ चयन गरेकाे जमालु दिन अंसारीले जानकारी दिए।
दाउन्ने पहाडको तल्लो भागमा रहेको हिन्दु एवम् मुसलमान समुदायको साझा तीर्थ स्थलको रुपमा रहेको यस मदारबाबा बजारलाइ संस्थाका नयाँ कार्य समितिले संरक्षण तथा विकास कार्य गर्ने संस्थाले जनाएकाे छ।