परासी।नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले फागुन २१ मा निर्वाचन गराउने सरकारकाे तयारी देखिएकाे छैन भन्दै संसद् पुनर्स्थापनाको एजेन्डा पार्टीले नछोडेको बताएका छन् ।
शनिबार सुनवलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावको तयारी र संसद् पुनर्स्थापनाको मुद्दा सँग सँगै आफ्नो पार्टी अगाडी बढाउने उनले बताए।
‘जेनजी’ युवा पुस्ता सहितका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना आवश्यक रहेको उनले जिकिर गरे ।प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजार भन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका निम्ति सुरक्षा चुनौती रहेको उनले धारणा राखे ।
भदौ २३ र २४ का घटनाको निष्पक्ष छान बिन हुनु पर्छ भन्दै, जेन-जी पुस्ताका प्रतिनिधि सँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनर्स्थापना सहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ उनले भने ।
पार्टीको महाधिवेशन तोकिइसकेकाले अब नेतृत्वको विषय त्यहीँबाट टुंगो लगाइने उनले बताए ।