हुलाकी मार्ग वरिपरी सब भन्दा बढी किसान,मजुर,र उतपिडित वर्ग बसने क्षेत्र रहेको राज्य विकास निर्माण,साँस्कृति र हरेका दृष्टिकोणले अपमान तथा विभेद गरिरहेको देखेर तपाईहरुको समस्या पिरमर्का बुझने र यसलाई सुदृढ गर्ने उदेश्यले नेकपा (माओवादी केन्द्र) ले पुर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिएको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले भन्नु भयो ।

६० वर्ष देखि हुलाकी सडक निर्माणका लागि कुरा चलेपनि कयौं वर्ष देखि हुलाकी सडकको निर्माण कार्य अलपत्र परेको थियो । आफु प्रधानमन्त्री हुदा भारत भ्रमण गएको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संग हुलाकी मार्ग निर्माण समन्धि कुरा गरेका थिए। भारतको सहयोगमा हुलाकी सडक निर्माण गर्ने पहिलो कुरा चलेको थियो।भारतले सहयोग नगरेपनि नेपालले पनि हुलाकी मार्ग बनाउँछ प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मादीले भने तपाई काम अगाडी बढाउनु भनेपछि नेपाल फरकेर सिरहा जिल्ला प्रदेशको बरियार पट्टी भन्ने ठाउँमा हुलाकी सडकको निर्माण प्रकृया अगाडी बढाएपछि अहिले झण्डै पउने चार सय किलोमिटर हुलाकी सडकको काम भईसकेको छ ।अझै कयौं पुलहरु बनिरहेको छ ।
अभियानको क्रम्मा आज हामी पश्चिम नवलपरासीमा जनयुद्धका क्रममा सहिद तथा बेपत्ता भएका परिवारको सुख र दुख बुझनको उहाँहरुकै घरमा उहाँहरुले जे खानु भयो त्यही हामीहरुलाई पनि खुवाएपछि हामीले उहाँहरुको दुख र सुख बुझने प्रयास गरेका छौं । यो देशमा परिवार्तन ल्याउनको लागि महिला,दलित,मुस्लिम,जनजाती आदीबासी मधेशीको अधिकारको लागि हामी ठुलो लडाई लडयौं र केही अधिकार प्राप्त पनि भयो ।
पचास प्रतिशत भएका महिलालाई अझ बढी अधिकार दिनु पर्छ बल्ल न्याय हुन्छ भन्ने पर्यौ, हामी,मधेशी,मुस्लिम,थारु,ब्रम्हण,क्षेत्रीहरुलाई पनि समानुपातिक सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नु पर्छ भन्ने पर्यौ हामी,त्यसै गरी समावेशी समानुपातिक प्रणाली संग मिलदोजुल्दो शासकिय स्वरुप त्यो भनेको प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति चाहिन्छ यो देशमा अनि मात्र राजनितिक स्थिरता हुन्छ त्यसपछि जनताले शान्ति र सुशासन पाउँछन भन्नेवाला पर्यौ, हामी समाजबाद भने कृषि क्रान्ति गर्नु पर्ने उत्पादन बढाउनु पर्ने सिँचाइको व्यवस्था बढाउनु पर्ने शिक्षा, स्वास्थ्य र रोजगारी बढाउनु पर्छ भन्नेवाला पर्यौ हामी र यो सब तापाईहरुको सहयोग विना सफल हनेवाला छैन त्यसकारण हामी तपाईहरुलाई अपिल गर्न आएका छौं पाल्हीनन्दनमा पहिला देखि नै तपाईहरु माओबादीलाई माया गर्नु भएको छ मलाई थाहा छ ।
जनता संग माओबादी तराई मधेश जागरण अभियान कार्यक्रममा सहिद तथा वेत्ता परिवारलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको छ ।