नवलपरासी।हाथमा काेदालाे टाउकामा रुमाल बाँधेर।दिउँसाे तरकारी(टमार)खेत सिँचाइ गरिरहेकाेअवस्थामा भेटाए,हिरा प्रसाद केवट।
घाममा खलखल पसिना बगिरहेको छ, तर उनलाई घामको कुनै प्रवाह थिएन ।केवटले भन्छन, ‘हाम्रो काम तरकारी खेती गर्ने र समय समयमा सिँचाइ तथा औषधी छर्ने विरूवा हेरचाह गर्ने हो।जहाँ गए पनि तरकारी खेतकै चिन्ता हुन्छ,तरकारी खेत छाेडर एक दिन पनि हामी यता उता जाँदैनाैं गए पनि सके सम्म छिट्टै घर फर्कने प्रयास गर्छाैं उनले भने।’
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका-५ बस्दै आएका हिरा केवटले १५ कठ्ठा जग्गामा टमार खेती गरेका छन्।बिहान दिउँसाे र साँझ तरकारी खेतमा झारपात तथा खन जाेत गर्ने काम गर्छु उनी भन्छन।दिनभर यसरी नै खेतमा पसिना बगाए पछि साँझ मात्रै घर फर्कन्छन।
पसलबाट विभिन्न प्रजातिका तरकारी बिउ खरीद गरेर ल्याएर खेतमा बीउ रोपेर तथा बेर्ना तयार भएपछि खेतलाइ राम्ररी खन जाेत गरेर बाँस गाडेर रेसमकाे धागा(रस्सी) ले एक बाँसबाट अर्काे बाँसमा बाँधेर व्यवस्थित तरीकाले टमारकाे खेती गरेका छन।वैदेशिक राेजगारमा जानु भन्दा स्वदेशमै केही गराैं उदेश्यले जग्गा भाडामा लिएर तरकारी खेती गरेकाे उनले बताए।
गत वर्ष पाँच रूपैया किलाे टमाटर बिक्री गर्दा बिक्री भएन उनकाे भनाइ छ।,टमाटर बिक्री नभएपछि बिक्री गर्न कहाँ लैजाने साेचदै खेतमै जाेतन बाध्य भए।’व्यावसायिक तरकारी खेती गर्ने किसानकाे समस्या राज्यले नसुन्दा हामी उचित मुल्य नपाएर घाटामा परिरहेका हुन्छाैं।आफनाे खेत भएकालाइ लागत मात्र घाटा हुन्छ तर भाडामा जग्गा लिएर तरकारी खेती गर्ने किसान जग्गाधनीलाइ भाडा कहाँबाट दिने चिन्ता सताइरहेकाे हुन्छ दुखेसाे सुनाएे।