नवलपरासी।आज (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा ४५ औं विश्व खाद्य दिवस मनाइदैँ छ।जलवायु परिवर्तनले गर्दा खाद्यानन् उत्पादनमा समस्या हुने गरेकाे छ ।
स्वच्छ खाना र सुखद भविष्य नाराका साथ, “खाद्यान्नलाई उत्पादन संगै बृद्धि गर्ने तथा साना सिचाइ,विउ उत्पादन,माटाे व्यवस्थापन,प्राविधिक सेवा नियमन गर्ने कृषि ज्ञान केन्द्रकाे प्राथमिकता रहेकाे कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चाैबेले जानकारी दिए।
देशलाई चाहिने माछा-मासु, दूध प्रयाप्त उत्पादन हुन सकेपछि जिल्लाबासीले बाहिरकै आपुर्तिबाट धान्न परेको छ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख( मत्स्य विकास निर्देशक) दिपक भुसालले जानकारी दिनुभयो ।
राष्ट्रिय तथ्याङ्कअनुसार एक जना व्यक्तिले वर्षमा १४ केजी मासु खानु पर्नेमा नवलपरासीमा मासुकाे कम भएकाे प्रति व्यक्ति ११ केजी मात्र खान पाएका छनन् ।३ केजी बाहिरबाट खानु पर्ने बाध्यता रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भुसालले भने।यस्तै अण्डा र दुधकाे उत्पादन कम रहेकाेले अपुग प्रमुख भुसालको भनाई छ।
जीविको पार्जनको प्रमुख स्रोत कृषि पेसा हो।कृषि क्षेत्र मानव जीवन सँग प्रत्यक्ष सरोकार राख्ने पेशा हो किसानलाइ कृषि उत्पादनलाई बजार सँग जोड्न सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्छ भन्दै विभिन्न संघ संस्थाबाट आएका सराेकारवालाहरूले ठुला किसान संगै साना किसानलाइ पनि अनुदानका समान दिनु पर्नेमा जाेड दिएका छन।
जिल्ला समन्वय प्रमुख भगौती यादवले कृषक लक्षित अनुदानका कार्यक्रम संगै उत्पादित फलफुल,खाद्यानन् लगायत बजार व्यवस्थापन आवश्यक रहेकाे बताए।
कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नका लागि संघिय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताए।
Exif_JPEG_420