लसुन काण्डमा राजश्व अनुसन्धानका प्रमुख सरूवा

0
218

नवलपरासी : चाईनाले दिएकाे लसुन काण्डमा राजश्व अनुसन्धानका प्रमुख सरूवा । पछिल्लो समय पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका-बसहियामा लसुनकाे मुख्य गाेदाम्मा राजश्व अनुसन्धानका कार्यालयले छापा हानेर कारवाहीकाे लागि आवश्यक कागजात बुटवल लगिएकाे थियाे ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख पशुपति पुरीले लसुनका फरमका कागजात अनुसन्धानकाे लागि आफुले बुटवल ल्याएकाे उनले बताएका थिए ।

लसुन काण्ड पश्चात उनकाे सरूवा भएकाे एक हप्ता हुन लाग्याे राजश्व अनुसन्धान बुटवलका वर्तमान प्रमुख विवेक घिमिरेले बताउनु भयाे ।

चाईनाले अनुदानमा दिएकाे लहसुन नेपाली जनताहरूलाई उपभाेग गर्न नदिएर तेस्रो मुलुक भारतमा विक्री गरेपछि लसुन व्यपार चर्चामा आएकाे थियाे ।

चाईनाले दिएकाे लहसुन विक्री गर्न नमिल्ने भएपछि प्रशासननकाे मिलेमतोमा व्यपारीहरूले अबैध रूपमा भारत पठाउने क्रममा सुचनाका अधारमा राजश्व अनुसन्धान बुटवलबाट खटिएका कर्मचारी,नवलपरासी सुरक्षाकर्मी लगायतकाे टाेली पछिल्लो समय गाेदाम सहित लसुन नियन्त्रणमा लिएकाे थियाे ।

उक्त लसुन छुटाउनका लागि बुटवल राजश्व अनुसन्धान कार्यालय समेतलाई व्यपारीहरूले मिलाएर लहसुनकाे गाेदाम अन्य स्थानमा सरेकाेछ स्राेतले जनाएकाे हाे। लसुन काराेबार काण्डमा राजश्व अनुसन्धान अधिकृत सरूवा हुनु भएकाे अहिले जिल्लामा चर्चामा आएकाे छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here