नवलपरासी।रमपुरवाँ साना किसान कृषि सहकारी संस्थाकाे २९औं बार्षिक साधारण सभा समपन्न भएकाे छ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन-१ मा शनिवार भएकाे साधारण सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्र राज कँडेल,स्थानीय जनप्रतिनिधिहरूकाे पनि उपस्थित रहेकाे थियाे।
वार्षिक साधारण सभामा सहकारीले पुर्व गृह राज्यमन्त्री कँडेललाइ प्रमुख अतिथि बनाएकाे छ।कार्यक्रममा सहकारीका संचालक समितिकाअध्यक्ष हेमन्त कुमार कानु ,उपाध्यक्ष हरी बहादुर केवट ,सदस्य इस्रावती चाैधरी,व्यासमुनी चाैधरी,अर्जुन चाैधरी,सरिता देवी मल्लाह,मुमिज माेमिन,साजहा खातुन,दुर्गा प्रसाद कलवार,रविन्द्र कुमार पटेल,छाेटेलाल कहाँर,लक्ष्मी कार्की,सुभाषचन्द्र गुप्ता,जमिल्ला खातुन,जाकिर अंसारी लगायतकाे उपस्थिती रहेकाे थियाे।
साधारण सभामा धुर्व नरायण कहारले २०८२ सम्म आर्थिक काराेबार भएकाे विवरण संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए।
सहकारीका सञ्चालक समितीका अध्यक्ष हेमन्त कुमार कानुले २०८१/०८२सम्मकाे संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेका थिए।
प्रतिवेदन अनुसार १ हजार ६ सय ४६ जना सेयर सदस्य सहकारीमा रहेका छन।पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कँडेलले साधारण सभामा उपस्थित सेयर सदस्य,बचत कर्ताहरूलाइ शुभकामना दिदै सहकारीमा गरीब,मजदुर परिवारले रात दिन मजदुरी गरेर पैसा राखछन तपाइ हामीलाइ थाहा छ।उनले भने, “त्यही भएर सहकारीकाे पैसा हिनामिना गर्नु हुँदैन लिएकाे ऋण समयमा तिर्नु पर्छ।
साधारण सभा कार्यक्रमकाे संचालन रेयाज रफिक मुसलमानले गरेका थिए।