परासी। लुम्विनी प्रदेश सभा सदस्यकाे घर अगाडी पिडित परिवारले भुमाफिया मुर्दाबाद नारा लगाएका छन
रामग्राम नगरपालिका-६ कि संगिता सहानीले एक विघा पाँच कठ्ठा १५ धुर जग्गा कब्जा गरेकाे भन्दै रामग्राम नगरपालिका-५ बुद्ध चाेक स्थित लुम्विनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालकाे घरअगाडी अनावरण अनसन बसेका छन।जग्गा फिर्ता माग गर्दा उल्टै प्रहरीले पिडित परिवार माथि मुद्या दर्ता भएकाे पिडित संगिता सहानीले भनिन।
राजनितिक दलका व्यक्ति मात्र नभएर लुम्विनी प्रदेश सभा सदस्य जस्ताे व्यक्ति सर्वसाधारणलाइ न्याय दिलाउनु पर्नेमा जग्गाकाे काराेबार गर्ने कार्यमा लागेका छन पिडितकाे आराेप छ।जग्गाकाे चिन्ताले सासु र ससुराकाे मृत्य भएकाे पिडित परिवारकाे भनाइ छ।
खन जाेत गर्न जादा जग्गाधनीलाइ कुटपिट गरेपछि गणेश सहानीलाइ पक्राउ गरेर अभद्रव्यहारकाे मुद्या दर्ता गरिएकाे जिल्ला प्रहरी कार्यालय निरिक्षक साेमदास ढकालले बताए।
उनीहरूकाे जग्गा नाैं जनाकाे नाम्मा पास गइ सकेकाे छ लुम्विनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले बताए।उनका अनुसार नाैं वा नम्बरकाे जग्गाधनीबाट आफुले खरीद गरेकाे जयसवालले भने।
mazzimaawaz
mazzimaawaz
mazzimaawaz